बुधबार, ०६ मे २०२६

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा छः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासंघले लामो समयदेखि नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उदघाटन समारोहमा बोल्दै  मन्त्री  भण्डारीले निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघले व्यवसायका हकहितको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान अतुलनिय रहेको बताएका हुन्। उनले भने, ‘विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड-१९ को महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले अर्थतन्त्रमा केही दबाव महसुश भएको  छ। तर सरकार चुनौतिहरूको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो  आर्थिक विकासको मार्गचित्र कोर्न दृढसंकल्पित रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रचण्ड सरकार’को कारण मुलुक ‘ग्रे लिस्ट’मा पर्‍योः अर्थमन्त्री पौडेल

उनले भने, ‘औपचारिक रुपमा ‘ग्रे-लिस्ट’मा लिस्टिङ भएका छौं। पहिलाका काम कारवाहीले गर्दा ‘ग्रे-लिस्ट’मा पर्ने अवस्था बनेको हो। यो सरकार बनेपछि भएका कामहरूका कारणले मुलुक ‘ग्रे-लिस्ट’मा गएको होइन। अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छौ भनेर प्रतिबद्धता गरेका थियौं त्यो काम गर्न नसक्दा मुलुक ‘ग्रे-लिस्ट’मा पुगेको हो। ‘ग्रे-लिस्ट’बाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौं। सोही हिसाबले कामहरू पनि अगाडि बढाउने तयारीमा छौं। समयावधीभन्दा पहिलै ‘ग्रे-लिस्ट’बाट बाहिर निस्किने आशा छ।’ साथै, उनले खर्चको व्यवस्थापनको सन्दर्भमा कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजन कौशलले पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताए। उनले भने, ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३ प्रतिशत थियो। खर्चको व्यवस्थापनको सन्दर्भमा केही समस्याहरू छन्। सार्वजनिक खरिद ऐन, नियमावली अध्यावधिक गर्नुपर्ने कारणले गुणस्तर र निश्चित लागतमा आयोजनाहरू समयमा सम्पन्न हुन सकेको छैन्। यी समस्याहरू समाधान गर्ने हिसाबले कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका जाने चिनियाँ नागरिकका लागि ‘सावधानीपूर्ण’ एड्भाइजरी

‘चीन-अमेरिकाको आर्थिक तथा ब्यापारिक सम्बन्धमा आएको तनाव तथा अमेरिकाको घरेलु सुरक्षाका अवस्थाका कारण अमेरिका यात्रा गर्दा हुने जोखिमहरूको मूल्याङ्कन गर्न सावधानीपूर्वक यात्रा गर्न चिनियाँ नागरिकलाई स्मरण गराउन चाहन्छौं’ मन्त्रालयले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका  छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीनकुनेमा गोली लागेकी रेविका भेट्न गृहमन्त्री अस्पतालमा, उपचार खर्च तिर्ने आश्वासन

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मंगलबार मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुपर्‍यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुपर्‍यो भन्दै आग्रह गरिन्। सोही क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएका छन् सबैको सरकारले निःशुल्क उपचार गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंको भिडियो सन्देशः भागेको होइन जोगिएको हुँ, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु

तीनकुनेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले आफु ‘भागेको’ नभइ ‘जोगिएको’ बताका छन्। उनले  आफू मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार रहेको पनि बताएका छन्। ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु,’ उनी भन्छन्, ‘दुर्गा व्यक्ति होइन, एउटा विचार हो। म पेरुको गोन्जालो बन्न चाहन्न नेपालको लिडर बन्न चाहन्छु। नेपालीहरूलाई बचाउँन चाहन्छु।’ त्यस्तै उनले राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सवारी मजदुर सविन महर्जनको परिवारलाई जनही ५/५ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाः आफूलाई ‘मेकानिकल इन्जिनियर’ बताउने शिशिर जिसी पक्राउ

चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। तीनकुनेमा प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा बुधबार प्रहरीले थप एक जनालाई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आफूलाई मेकानिकल इन्जिनियर बताउने ३१ वर्षीय शिशिर जिसी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनायो। कार्यालयको टोलीले पक्राउ गरेका जिसीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने तयारी भएको छ। जिसी ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी दूतावासले भन्यो- अवैध तरिकाले अमेरिका पस्न खोज्दा ज्यान नै संकटमा पर्नसक्छ

नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रुपमा अमेरिका पुग्ने बाटो निकै खतरनाक रहेकोले आफ्नो ज्यानलाई जोखिममा नहाल्न आग्रह गरेको छ। दूतावासले बुधकार सामाजिक सञ्जालमार्फत गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने भएकोले यस्तो बाटो अनपनाउन आग्रह गरेको हो। दूतावासले भनेको छ, ‘आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन्। यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई गगनको सुझावः भाषण गर्दै नहिँड्नुस्, शिक्षकको माग पूरा गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। रुपन्देहीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको रवैयाप्रति असन्तुष्टि जनाएका हुन्। उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छोडेर उद्घाटन र भाषणमा केन्द्रीत भएको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘यो बिँड तातेरमात्रै हुँदोरहेनछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको नेतृत्व प्रधानमन्त्री हो। म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु। सुझाव दिइरहेको छु, झकझकाइरहेको छु, मद्दत पुर्‍याइरहेको छु। म भनेको कांग्रेस। तर परिणाम दिने कुरामा जिम्मेवारबोध सरकारको प्रमुखसँग हुनुपर्छ। सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए अहिले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै बन्दैनथ्यो। अहिले पनि केही बिग्रिएको छैन। शिक्षक साथीहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओली आउँछन्’ भनेर दमकलले पानी हालेर गुराँस फुलाइयो, गए प्रकाशमान

२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी पक्षहरू प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन्। उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन।’ तर उनले भनेजस्तो वस्तुस्थिति भने देखिँदैन। महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन। खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो। पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो। विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो। तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फूल्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

शेखर र गगनलाई महतको सुझावः अधिवेशन मंसिरमा हुँदैन, ‘म नै सभापति हुन्छु’ भन्दै नहिँड्नुस्

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा हुन नसक्ने बताएका छन्। १५औं महाधिवेशनको तयारीका लागि हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा निस्केका महतले सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले अहिलेसम्म कुनै तयारी नभएको र एक वर्ष थप गर्ने परम्परा अनुसार एक वर्षपछि भने महाधिवेशन गर्न सकिने उनले बताए। उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन। किनभने त्यसको तयारी नै भएको छैन। सधैं एक वर्ष त थप्ने गरेकै छ। कम्तीमा एक वर्ष त थपिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

सांसद सोबिता गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम अन्तर संसदीय संघ (आईपीयू)को १५०औं महासभामा गठन भएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । चार वर्षका लागि निर्वाचित भएका १५ सदस्यहरूको कार्यकाल मार्च २०२९ मा सकिनेछ। आईपीयु महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। सोही निर्णयका आधारमा बनेको समितिमा सांसद गौतम निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा संलग्न आरोपमा थप दुईजना पक्राउ

गत चैत १५ को राजावादी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भोजपुर अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उनीहरूलाई आन्दोलनका समर्थक र भिडलाई उत्तेजित बनाएको, निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरी लुटपाट तथा अपराधिक उपद्रो गर्नुका साथै संगठितरूपमा आपराधिक गतिविधि गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसका वनमन्त्रीको दाबीः योजना बेचेको छैन, हाम्रो लोकप्रियताबाट तर्सिएकाहरूले चरित्र हत्या गर्न खोजे

उनले आफूमाथि लागेका आरोपहरू आधारहीन, भ्रामक र कपोलकल्पित भएको दाबीसमेत गरे। विभिन्न संचारमाध्यममा आफ्नो नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकाशन र प्रसारण गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको साहले बताएका छन्। मन्त्री साहले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा बनाईएको दाबी गरेका छन्। प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका-११ मा रहेको घुर्मी खोलामा तटबन्धन निर्माणसम्बन्धि योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ। हालसम्म उक्त योजनाको लागि वडा कार्यालयमा कुनै पत्राचार नभएको र उपभोक्ता समिति पनि गठन नभएकाले योजना विक्री वा कमिसनको प्रश्न नै नउठ्ने मन्त्री साहको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

आईजीपी दीपक थापाविरुद्ध ‘अश्लील गालिगलौज’ गरेका कमल विष्ट पक्राउ

गत चैत १५ गतेको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय शक्ति नेपाल ललितपुरका अध्यक्ष कमल विष्ट पक्राउ परेका छन्। ललितपुरको ठेचो घर भएका विष्टलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले बतायो। उनी राप्रपा नेपालका नेता केशरबहादुर विष्ट निकट मानिन्छन्। विष्टलाई तीनकुने घटनामा संलग्न भएको र आईजीपी दीपक थापाविरुद्ध अश्लिल गालीगलौच गरेको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो। विष्टले राजावादी आन्दोलन हिंसात्मक बनेपछि अबको आन्दोलन श्रीलंका र बंगलादेशको मोडेलमा सञ्चालन गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि ज्यादती गरिएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले ज्यादती गरेको र गम्भीर मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ। गत शुक्रबार सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार हनन् भएको भन्दै रास्वपाले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे हो। बुधबार रास्वपा नेताहरू सन्तोष परियार, कवीन्द्र बुर्लाकोटी, गणेश पराजुलीलगायतले मानवअधिकार आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी सहितको ज्ञापनपत्र बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकार असफल भइसक्यो: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट मिलेर बनेको ओली सरकार असफल भएको दाबी गरेका छन्। मंगलबार जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस-कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यान्यवन नभएको बताए। उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधन गर्ने भनिएको भएपनि पुरा नभएको जिकिर गरे। उनले अहिले नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र भइरहेको  बताए। संविधान संशोधन गर्ने नियतमा यो सरकारको गठन नभएको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रास्वपाको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ