बिएल संवाददाता
सुख्खाग्रस्त मधेसका जिल्ला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सबै जिल्लाहरूमा तत्काल पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन्। महोत्तरी र बारामा निर्मित विभिन्न भौतिक संरचनाहरूको उद्घटन गर्न मधेस झरेका प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्।
एउटा डिप बोरिङबाट ६० विघा जमिन सिंचाइ गर्न सकिने भन्दै उनले पाँच सय डिप बोरिङ तत्कालीन समाधानमात्रै भएको पनि बताए। सरकारले दीर्घकालीन योजना बनाइरहेको भन्दै उनले मधेसलाई सुख्खा रहनबाट जोगाउन सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको पनि बताए।
साउन ७ गतेको मन्त्रिपरिदष बैठकले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि शुक्रबार बिहानै प्रधानमन्त्री ओलीले आफू मधेसका जिल्ला जान लागेको र त्यहाँको सुख्खाग्रस्त क्षेत्र अवलोकनपछि किसानहरूसँग कुराकानी गर्ने पनि बताएका थिए। हेलिकोप्टरबाट मधेस जाँदै गर्दा उनले त्यसका तस्विरहरू पनि सार्वजनिक गरेका थिए।
‘जमिनको नजिकैबाट हेलिकोप्टर उडाएर हेर्दाहेर्दे आयौँ, खासमा जमिनमा रोपाइँ भएकै छैन, पोखरीको पानी घटेको छ’ प्रधानमन्त्रीले भने ‘हामीले अहिले तत्कालीन समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गर्नेछौं। सरकारले दीर्घकालीन समाधानका लागि पनि काम गर्नेछ।’
त्यसअघि नै मधेस सरकारले त्यहाँका ८ जिल्लाहरूलाई सुख्खाग्रस्त घोषणा गरिसकेको छ।
वर्खाको समयमा पनि पर्याप्त वर्षा नहुँदा मधेस प्रदेशमा पानीको हाहाकार भएको छ। पानीको अभावमा साउन लागिसक्दा पनि किसानहरूले धान रोपाइ गर्न सकेका छैनन्। रोपिएका धान खेतमा पनि धाँजा फाट्न थालेको छ। मधेसका सबैजसो जिल्लाहरूमा रहेका कुँवा, इनार, डिपबोरिङ तथा चापाकलहरूसमेत सुक्न थालेपछि नेपाली सेनाको सहयोगमा मधेस सरकारले दमकलबाट पानी वितरण गरिरहेको छ।
संघ सरकारले मधेसमा पानीको समस्या अनुसन्धानका लागि विज्ञहरूको टोली पनि पठाएको छ। टोलीले काम सुरु गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधन गर्ने क्रममा पनि तराई-मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिवद्धता गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया