बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पत्रकार सम्मेलन गर्दैछिन्। उनले आज (शुक्रबार) दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन्।
गत मंगलबार मध्यरात सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो। असार १४ गते ७४ औं मदन भण्डारी जयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा ‘ब्रेक’ लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन्।
पत्रकार सम्मेलनमा उनले आफू निकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकी छिन्। एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी छन्। विभिन्न विकल्पबारे परामर्श गरिरहेको उनीनिकट नेताहरूले जानकारी दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति भण्डारीले काउन्टरको तयारी गरेकी छिन्।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया