बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पत्रकार सम्मेलन गर्दैछिन्। उनले आज (शुक्रबार) दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन्।
गत मंगलबार मध्यरात सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो। असार १४ गते ७४ औं मदन भण्डारी जयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा ‘ब्रेक’ लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन्।
पत्रकार सम्मेलनमा उनले आफू निकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकी छिन्। एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी छन्। विभिन्न विकल्पबारे परामर्श गरिरहेको उनीनिकट नेताहरूले जानकारी दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति भण्डारीले काउन्टरको तयारी गरेकी छिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया