
बिएल संवाददाता
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नविकरण रोक्ने एमालेको निर्णयलाई अपरिपक्व भएको भन्दै त्यस्तो गर्न नमिल्ने बताएकी छिन्।
शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उनले अहिले पनि आफू एमालेकै परिवारभित्रको एक सदस्य भएको पनि दाबी गरिन्। संविधानले समेत आफूलाई राजनीतिमा आउन कहिँकतै नछेकेको भन्दै त्यस्तो निर्णय सच्चिनेमा आफू विश्वस्त भएको पनि बताइन्।
३५ वर्ष एमालेभित्रै सक्रिय राजनीति गरेर ४५ वर्षसम्म एउटै आस्थामा अडिग भएको भन्दै उनले यसलाई अनावश्यकरुपमा विवादको विषय बनाइएको पनि बताइन्।
मलाई कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु। पार्टी अध्यक्षसँगको भेटमा पार्टीको सदस्यता नविकरण गरेको र सोहीअनुसार अघि बढ्नेबारे छलफल गरेको थिएँ। मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै थिएन’ उनले भनिन् ‘नेपालको संविधानले पनि राजनीतिक दलमा आवद्ध हुन पाउने मौलिक हकलाई प्रत्याभूत गरेको छ। संविधानका कुनै पनि संविधान, ऐन वा कानुनका धारा वा व्यवस्थाहरू मलाई राजनीतिमा आउन छेक्ने खालको छैन। यो घामजस्तै छर्लङ्ग भएको कुरा हो।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया