बिएल संवाददाता
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नविकरण रोक्ने एमालेको निर्णयलाई अपरिपक्व भएको भन्दै त्यस्तो गर्न नमिल्ने बताएकी छिन्।
शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उनले अहिले पनि आफू एमालेकै परिवारभित्रको एक सदस्य भएको पनि दाबी गरिन्। संविधानले समेत आफूलाई राजनीतिमा आउन कहिँकतै नछेकेको भन्दै त्यस्तो निर्णय सच्चिनेमा आफू विश्वस्त भएको पनि बताइन्।
३५ वर्ष एमालेभित्रै सक्रिय राजनीति गरेर ४५ वर्षसम्म एउटै आस्थामा अडिग भएको भन्दै उनले यसलाई अनावश्यकरुपमा विवादको विषय बनाइएको पनि बताइन्।
मलाई कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु। पार्टी अध्यक्षसँगको भेटमा पार्टीको सदस्यता नविकरण गरेको र सोहीअनुसार अघि बढ्नेबारे छलफल गरेको थिएँ। मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै थिएन’ उनले भनिन् ‘नेपालको संविधानले पनि राजनीतिक दलमा आवद्ध हुन पाउने मौलिक हकलाई प्रत्याभूत गरेको छ। संविधानका कुनै पनि संविधान, ऐन वा कानुनका धारा वा व्यवस्थाहरू मलाई राजनीतिमा आउन छेक्ने खालको छैन। यो घामजस्तै छर्लङ्ग भएको कुरा हो।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया