बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको प्रयास स्वरूप तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन्।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित निर्वासन नामक कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले नेकपा विघटनतर्फ किन पुग्यो भन्ने विषयमा खुलेर धारणा राखेका हुन्।
‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक पुर्याइदिएका थिए, तर टिकेन,’ उनले भने, ‘प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई। मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ।’
प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफूले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी भएको र आफूलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको उनले भनेका छन्। तर, केही दिनमै परिस्थिति उल्टिएको उनले बताए।
‘अर्को हप्तामै प्रचण्डले पार्टी सिध्याउने भयो भनेर पशुपतिमा होटलमा बसेर मेरो विरुद्ध हमला गर्न साँठगाँठ भएको थियो,’ उनले भने।
उनले पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्ततः असफल हुनुपरेको बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया