बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हमाससाग सम्झौताको कुनै विकल्प नभएको भन्दै तत्काल बन्धकहरू रिहा गर्न र युद्ध बिराम सम्झौतामा आउन चेतावनी दिएका छन्।
‘हमासलाई राम्रोसँग थाहा छ कि उसँग अब सम्झौताबाहेक अर्को कुनै विकल्प छैन। हामीले अहिले उसलाई यत्तिकै छोड्यौं भने के हुन्छ भन्ने पनि उसलाई राम्रोसँग थाहा छ’ ट्रम्पले भनेका छन्।
त्यस्तै उनले इजरायललाई अब निर्णायक आक्रमण गरेर बन्धकहरू निकाल्न र युद्धको अन्त्य गर्न पनि भनेका छन्।
‘अन्तिम १० देखि २० दिनसम्म निकै कठीन समय हुनेछ’ इजरायललाई ट्रम्पले भनेका छन् ‘उसले अझै लड्नुपर्छ र बन्धकहरू निकाल्नुपर्छ। इजरायलसँग पनि योबाहेक अर्को कुनै विकल्प छैन।’
यद्यपि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग उनले बन्धकहरूलाई मुक्त गर्ने बैकल्पिक उपायहरूका बारेमा छलफल गरिरहेको पनि बताएका छन्।
यसैबीच ब्रिटेन, फ्रान्स तथा जर्मनीलगायतका युरोपेली राष्ट्रहरूले गाजामा लाखौं मानिस भोकमरीले मर्न थालेको भन्दै उनीहरूलाई खाना र पानी पुर्याउने व्यवस्था मिलाउन अपिल गरेका छन्। एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले युद्धरत हमास र इजरायल दुबैलाई तत्काल युद्ध बिराम सम्झौतामा आउन पनि भनेका छन्।
त्यस्तै उनीहरूले बन्धकहरूलाई विनाशर्त रिहा गर्न र युद्ध अन्त्यको बाटो खोज्न सबै पक्षलाई अपिल गरेका छन्।
यसअघि फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि इजरायल र अमेरिकाले कडा प्रतिक्रिया दिएका थिए।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया