बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हमाससाग सम्झौताको कुनै विकल्प नभएको भन्दै तत्काल बन्धकहरू रिहा गर्न र युद्ध बिराम सम्झौतामा आउन चेतावनी दिएका छन्।
‘हमासलाई राम्रोसँग थाहा छ कि उसँग अब सम्झौताबाहेक अर्को कुनै विकल्प छैन। हामीले अहिले उसलाई यत्तिकै छोड्यौं भने के हुन्छ भन्ने पनि उसलाई राम्रोसँग थाहा छ’ ट्रम्पले भनेका छन्।
त्यस्तै उनले इजरायललाई अब निर्णायक आक्रमण गरेर बन्धकहरू निकाल्न र युद्धको अन्त्य गर्न पनि भनेका छन्।
‘अन्तिम १० देखि २० दिनसम्म निकै कठीन समय हुनेछ’ इजरायललाई ट्रम्पले भनेका छन् ‘उसले अझै लड्नुपर्छ र बन्धकहरू निकाल्नुपर्छ। इजरायलसँग पनि योबाहेक अर्को कुनै विकल्प छैन।’
यद्यपि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग उनले बन्धकहरूलाई मुक्त गर्ने बैकल्पिक उपायहरूका बारेमा छलफल गरिरहेको पनि बताएका छन्।
यसैबीच ब्रिटेन, फ्रान्स तथा जर्मनीलगायतका युरोपेली राष्ट्रहरूले गाजामा लाखौं मानिस भोकमरीले मर्न थालेको भन्दै उनीहरूलाई खाना र पानी पुर्याउने व्यवस्था मिलाउन अपिल गरेका छन्। एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले युद्धरत हमास र इजरायल दुबैलाई तत्काल युद्ध बिराम सम्झौतामा आउन पनि भनेका छन्।
त्यस्तै उनीहरूले बन्धकहरूलाई विनाशर्त रिहा गर्न र युद्ध अन्त्यको बाटो खोज्न सबै पक्षलाई अपिल गरेका छन्।
यसअघि फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि इजरायल र अमेरिकाले कडा प्रतिक्रिया दिएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया