बिएल संवाददाता
नेकपा एमालेको जारी पोलिटब्यूरो बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी, कांग्रेस नेता शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर नयाँ सत्ता समीकरण बनाउन खोजेको विषयले प्रवेश पाएको छ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले कांग्रेस-एमालेका असन्तुष्ट पक्षले प्रचण्डसँग मिलेर ओली सरकार ढाल्ने प्रयास गरेको चर्चाको विषय उठान गरेका हुन्।
बठकमा बस्नेतले भने, ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भन्ने। चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासंग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ बाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।’
शेखरको नेतृत्वमा सरकार बनाउने विषय केही दिनदेखि चर्चामा छ। स्वतन्त्र सांसद सिंह शेखर कोइरालासँग मिलेर भेटघाटमा सक्रिय छन्। एमाले र कांग्रेसको असन्तुष्ट पक्षहरू प्रचण्ड, माधव नेपाल, रास्वपा लगायत मधेसवादी दलसँग मिलेर सरकार बनाउने प्रयास थालेको चर्चा भइरहेको छ।
त्यस्तै बस्नेतले एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइल्याउने रोग बडेको छ जिकिर गर्दै हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया