बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाच आयोगमा जाँदै छन्।
कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाच आयोग जान लागेका हुन्।
लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए।
यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।
गिरिसहित अर्का उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीहरू डा. धवलसमशेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर पार्टी अध्यक्ष लिङ्देनको निर्णयप्रति असन्तुष्टी व्यक्त गरेका थिए।
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाएपछि राप्रपा पदाधिकारीहरूभित्रै विवाद चुलिएको छ।
लिङ्देनको उक्त निर्णयले पार्टीमा अपूरणीय क्षति पुगेको भन्दै विज्ञप्ति जारी गर्ने चारमध्ये एक पदाधिकारी गिरीलाई लिङ्देनले पार्टीबाटै निकालेका हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया