बिएल संवाददाता
सर्वाधिक चर्चित र विवादित बनेको संघीय निजामती सेवा विधेयकमा एमालेका पाँच जना राष्ट्रिय सभा सांसदहरूले संशोधन हालेका छन्।
विवादित बनेको ‘कुलिङ अफ पिरियड’को विपक्षमा पाँच सांसदले संशोधन हालेको एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले बताएका छन्। निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान हटाउनुपर्ने उनीहरूको प्रस्ताव छ।
भट्टराईसहित एमाले सांसदहरू सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बिसीले उक्त संशोधन हालेका हुन्। यद्यपि यो पार्टीको निर्णय नभएको एमाले सांसदहरूको दाबी छ। आफूहरूलाई कुलिङ पिरियड तत्कालका लागि आवश्यक नभएको लागेपछि सामूहिक छलफल गरेर संशोधन हालेको उनीहरू बताउँछन्।
उक्त विधेयकमा राष्ट्रियसभामा एमालेका पाँचसहित १६ ओटा संशोधन परेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया