बिएल संवाददाता
सर्वाधिक चर्चित र विवादित बनेको संघीय निजामती सेवा विधेयकमा एमालेका पाँच जना राष्ट्रिय सभा सांसदहरूले संशोधन हालेका छन्।
विवादित बनेको ‘कुलिङ अफ पिरियड’को विपक्षमा पाँच सांसदले संशोधन हालेको एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले बताएका छन्। निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान हटाउनुपर्ने उनीहरूको प्रस्ताव छ।
भट्टराईसहित एमाले सांसदहरू सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बिसीले उक्त संशोधन हालेका हुन्। यद्यपि यो पार्टीको निर्णय नभएको एमाले सांसदहरूको दाबी छ। आफूहरूलाई कुलिङ पिरियड तत्कालका लागि आवश्यक नभएको लागेपछि सामूहिक छलफल गरेर संशोधन हालेको उनीहरू बताउँछन्।
उक्त विधेयकमा राष्ट्रियसभामा एमालेका पाँचसहित १६ ओटा संशोधन परेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया