मन्त्रिपरिषदबाट निर्णय गराएर उर्जामन्त्रीले कुलमानलाई फेरि सोधे स्ष्टीकरण
बुधबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको हो। मन्त्रिपरिषदले घिसिङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। मन्त्री दीपक खड्काको आदेशमा सचिव सुरेश आचार्यले घिसिङलाई ४ बुँदे स्पष्टीकरण सोधेका छन्। कुलमान घिसिङले ताजा स्पष्टीकरणको पत्र बुझिसकेका छन्। घिसिङलाई ‘तपाईंलाई कार्यकारी निर्देशकबाट किन बर्खास्त नगर्ने’ भन्दै स्पष्टीकरण सोधिएको छ। घिसिङले बिहीबार साँझ प्राधिकरणकै कार्यालयमा स्पष्टीकरण बुझेका छन्। उनले आइतबार स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं