
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैंले कुनै उल्लेखनीय काम गर्न नसकेको दाबी गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यो वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको टिप्पणी गरे।
प्रचण्डले भने, ‘रोजगारीको अवसर सिर्जना नभएकोले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ, र त्यसैकारण रेमिटेन्स बढेको देखिएको हो। तर, सरकारले यसलाई आफ्नै उपलव्धी भनेर भ्रम छर्न खोजेको छ।’
उनले ब्याजदर घट्दा पनि कर्जा प्रवाह नहुनु, बैंकहरूमा ६-७ खर्ब रुपैयाँ थुप्रिनुजस्ता तथ्यांक प्रस्तुत गर्दै सरकारले स्रोत साधनको सदुपयोग गर्न नसकेको आरोप लगाए। सरकारको नीतिका कारण पूँजी पलायन हुने, बचत निरुत्साहित हुने, कमजोर प्रतिफल भएका क्षेत्रमा लगानी हुने र त्यसले अर्थतन्त्रलाई अझ संकटमा पुर्याउने खतरा औंल्याए।
प्रचण्डले उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना, र दिगो विकासजस्ता पक्षलाई बेवास्ता गर्दै सरकार घरजग्गा र सेयर कारोबारमा मात्र ध्यान केन्द्रीत गरेर राष्ट्रिय अर्थतन्त्र निर्माण नहुने ठोकुवा गरे।
१ .
२ .
३ .
४ .
५ .