बिहिबार, ०५ मार्च २०२६

युवाको ‘पलायन’ले राष्ट्रपति चिन्तित, सबै पक्षलाई गम्भीर बन्न आग्रह

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे। उनले भने, ‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो। यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ।’ उनले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

उपप्रधानमन्त्री सिंह भन्छन्- सरकारको महत्व बुझाउन वर्तमान गठबन्धन बनाइयो

उनले भने, ‘जनताले सरकारको आयुको त ठेगान छैन्, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो। कमी कमजोरीहरूलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गईरहेको छ।’ उनले सहकारीप्रतिको नकारात्मक भावलाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनुपर्ने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा शक्ति प्रदर्शन गर्दै दुर्गा प्रसाईं, लेकसाइमा पूर्वराजाको गाडी जेब्राक्रसमै पार्किङ

पूर्वराजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरू गरिरहेका बखत पोखरामा राजावादीहरूको गतिविधि ह्वात्तै बढिरहेको छ। संबैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विशाल प्रदर्शन गरेर शक्ति प्रदर्शन गरिरहेका छन् भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आज पोखरामा विशाल सभा गर्दैछन। पछिल्लो समय नेपाली राजनीतिक नेताहरूलाई भेट नदिएको भारतले दुर्गा प्रसाईंलाई भेट दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

अमेरिकाले विश्व शान्ति होइन, युक्रेनको खनिज चाहेको हो: शंकर पोखरेल

उनले अमेरिका र युक्रेनको पछिल्लो तनावलाई अमेरिकी स्वार्थ भनेर टिप्पणी गरेका छन्। उनले अमेरिकाले विश्व शान्ति नचाहेको भन्दै बरु उसको स्वार्थ युक्रेनको खनिजमा रहेको पनि पनि बताएका छन्। सामाजिक सञ्जालमा उनले यस्तो टिप्पणी सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अपमानित’ गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसबाट निकाले (भिडिओसहित)

बैठककोठामा वार्तामा बस्नासाथ उपराष्ट्रपति भेन्सले पनि त्यही कुरा उठाउँदै उनलाई र्‍याख्खर्‍याख्ती पार्न खोजे।  सुरुवाति कुराकानी बहस हुँदै विवादमा परिणत भएपछि जेलेन्स्कीले पनि ट्रम्प अनि उनका उपराष्ट्रपतिलाई डटेर जवाफ दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश विकासका लागि कांग्रेस–एमाले मिल्यो: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले देश विकासका लागि कांग्रेस र एमाले मिलेकाे बताएका छन्।  शुक्रबार नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्र नभइ देश विकासका लागि दुई पार्टी मिलेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अरु सब नक्कली भए माओवादीमात्रै सक्कली मधेसवादी दल हाे- प्रचण्ड

मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको पनि बताए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेरबहादुर देउवाले शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाए

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बूढानीलकण्ठ बोलाएका छन्।देउवाले शुक्रबार ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। उक्त बैठकमा संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेक्नोलोजीको दुरुपयोगले डिजिटल अपराध बढ्योः प्रधानमन्त्री

‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरू हुन्। २०औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो। टेलिभिजनको सुरुवात गर्यो। कम्प्युटर सुरुवात गर्यो। लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआईको जमनामा आइपुगेका छौं। डिजिटल संसारमा आइपुगेका छौं। यसलाई मानव जातिले  आफ्नो  उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो। त्यो गरिएको पनि छ। मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई प्रयोग गरेका छौं। तर यो सदुपयोग मात्र भइरहेको छैन, कम्प्युटर साइन्स, डिजिटल एवं आईटीको डेभलपमेन्टले सुविधा दियो भन्ने चिन्ता त कतै छैन। साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुख सुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङको पक्षमा माइतीघरमा ‘टुकी’ बालेर प्रदर्शन

‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ। सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति हटाउन नपाइने भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य सचिव नियुक्तिको रस्साकस्सी, समावेशीकरणले सहज

नेपालको प्रशासनिक इतिहासमा कामु मुख्यमन्त्री लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएर समावेशीकण बलियो उदाहरण बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सचिवमा पनि मधेशी मुलकी महिलालाई नियुक्त गर्न दबाब परेको छ। मन्त्रिपरिषदमा रहेका बहुसंख्यक मन्त्रीहरूले पहिलो नम्बरमा रहेकी डा. मिश्रालाई सचिवमा नियुक्त गर्दा संवैधानिक र राजनीतिक रुपमा पनि जस पाइने भएकाले विवेक पुर्याउन ओलीलाई सुझाव दिइरहेका छन् ।  निजामती सेवामा सबै जाति, वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था भएपनि हाल निजामती सेवामा २८.७ प्रतिशत मात्र महिला रहेकाले समावेशी एवम समानताको सिद्धान्त र मेरिटका आधारमा पनि महिला सचिव नियुक्त गर्दा उदाहरणीय हुने भएकाले ओलीलाई उनी निकटका नेताहरूले सुझाव दिइरहेको सचिवालय स्रोतले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन: लोकसेवा अध्यक्ष

उनले भने, ‘एउटा पालिकाले कुनै सन्दर्भमा २०/२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन। तर त्यो भइरहेको छ। त्यो सम्पूर्णरुपमा गलत छ। त्यसमा सुधार गर्नुपर्छ। उहाँहरू जहाँ नियुक्ति हुनुभएको छ त्यही जानुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोट भूकम्पको १६ महिनापछि क्षतिको आँकलन गर्दै सरकार

गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै उनले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले अब तिव्र रुपमा अघि बढाउने जानकारी दिए उनले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुर्नस्थापनाको काम अगाडि बढाउछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जामन्त्रीलाई कुलमानको जवाफ- मनोगत आरोप लगाएर मलाई हटाउने अधिकार तपाईंलाई छैन

घिसिङले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा आफूलाई दुःख दिने नियतले पटकपटक स्पष्टीकरण सोधेको दाबी गर्दै आफूलाई पदमुक्त गर्ने अधिकार मन्त्री र मन्त्रालयलाई नभएको लिखित स्पष्टीकरण जवाफ पेस गरेका हुन्। मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते घिसिङलाई पदबाट किन नहटाउँने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए। घिसिङले आफू मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकोले स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाथीभरामा राई, लिम्बुमाथि मानव अपराध भयोः राजेन्द्र महतो

उनले भने, ‘मुकुम्लुङ (पाथीभरा) संघर्षको आन्दोनलमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात फागुन ८, ९ र १० गते राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरूमाथिको जातीय संहार अर्थात मानव विरुद्धको अपराध सावित भएको छ। प्रहरीको ज्यादती प्रतिकार, आन्दोलनकारीमाथिको व्यवहार, झुटा मुद्दा, घरघरमा धरपकट, बेरोजगारीले राज्यको एकल नीति उजागर गर्छ। भूमि रक्षक लिम्बुवान जनताहरूले शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराध करार गरेर झुटा मुद्दा चलाउने र तर्साउने काम निरन्तर भइरहेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल यस्तो अन्याय, दमन विरुद्ध घोर भत्र्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाई र प्रहरी प्रमुखमाथि कारवाही एवम् सरकारको निरङकुसताविरुद्ध संघर्षमा आउन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतालाई आव्हान गर्दछौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको खेलकुद महासंघका अध्यक्षसहित नेता कार्यकर्ता माओवादी प्रवेश

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत पदाधिकारीले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका-६ का इन्चार्ज चितनारायन खेरवारलगायत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खानेपानी संस्थानलाई नाफामा लगेरै छाडिन्छः मन्त्री यादव

खानेपानी संस्थानको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले घाटामा रहेको खानेपानी संस्थानलाई मुनाफामा ल्याउनको लागि सबैले प्रयास गर्नुपर्ने भन्दै यसको लागि मन्त्रालयको तर्फबाट पनि प्रयास गर्ने बताए। उनले भने, ‘नयाँ योजना र नयाँ सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भनेर मन्त्रालयले संस्थानका साथीहरूसँग बसेर छलफलमार्फत नाफामा ल्याउँछ, अगाडि बढाउँछ। नेपाल खानेपानी संस्थान घाटामा छ। यसलाई मुनाफामा ल्याउनको लागि कम्मर कस्नुपर्छ। नत्र सबैको कम्मर भाँचिन सक्छ। संस्थान बच्न सकेन भने हामी कोही बाच्न सक्दैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरता जेसीजकाे अध्यक्षमा युवराज कुँवर निर्विरोध निर्वाचित

वीरता जेसीजको ४४औं अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिएकाे निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए। ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

माओवादी रहेसम्म मुस्लिमको अधिकार कसैले खोस्न सक्दैनः प्रचण्ड

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्णरुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए। यस्तै, उनले अन्य दलहरूलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको भन्दै जनताको अधिकारविरुद्ध हुने कुनैपनि षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिमा सुन दान आउन थाल्यो, व्यवस्थित गर्न समिति बनाएका छौंः पर्यटनमन्त्री पाण्डे

‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरूले जताततै फोहोर गर्नुभएन, आफूले गरेको फोहोर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन। हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ।’ साथै, पशुपतिनाथ मन्दिरमा सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट समिति गठन गरिएको कार्यक्रममा जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं