बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।
सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताएका हुन्।
उनले भने, ‘अहिलेको समय वर्षको समय हो। वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ। पानीजन्य बिरामीहरू पनि हुन्छ। त्यसैले सबै दिदीबहिनी दाजुभाईहरूलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ।’
साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए। उनले आफूभित्र नेपाल भए मात्रै नेपाली हुने जिकिर गरे।
उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो। हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन। नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं।’
उनको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो। उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ-संगठन तथा सर्वसाधारण पनि निर्मल निवास पुगेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया