बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।
सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताएका हुन्।
उनले भने, ‘अहिलेको समय वर्षको समय हो। वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ। पानीजन्य बिरामीहरू पनि हुन्छ। त्यसैले सबै दिदीबहिनी दाजुभाईहरूलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ।’
साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए। उनले आफूभित्र नेपाल भए मात्रै नेपाली हुने जिकिर गरे।
उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो। हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन। नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं।’
उनको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो। उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ-संगठन तथा सर्वसाधारण पनि निर्मल निवास पुगेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया