
बिएल संवाददाता
सर्वोच्च अदालका नवनियुक्त तीन न्यायाधीशले सपथ लिएका छन्।
मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए।
मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले सपथ ग्रहण गराए।
न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएका उनीहरूलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए।
शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायाधीशहरू जनताको लागि इमान्दारिताका साथ खटिने आशा गरेको बताए। उनले थप उर्जाका साथ छिटोछरितो रुपले काम गर्ने पनि विश्वास व्यक्त गरे।
प्रधानन्यायाधीशले भने, ‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ। संविधानले व्यवस्था गरेको २१ जनामध्ये अहिले हामी २० जना भएका छौं। अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ। एकदमै उर्जावान न्यायधीशहरूलाई नियुक्त गर्ने अवसर मिलेको छ।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया