बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भर्खरै एमालेबाट सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनकै निवास पुगेका छन्।
मेयर शाह गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास पुगेको खुलेको हो। भेटवार्ता बारे दुवै पक्षले हालसम्म विस्तृत जानकारी खुलाएको छैन।
बालेनको सचिवालय स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
ओलीलाई चुनौती दिँदै एमाले राजनीतिमा फर्किएकी भण्डारीको बालेनसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। एकातिर बालेन र ओलीबीच आरोप-प्रत्यारोप चलिरहेका बेला बालेन-विद्या भेटवार्ताले ओली समूहमा हलचल सुरु भएको छ।
बालेनको आलोचनामा रमाउने ओलीइतर समूहले पनि बालेन-विद्या भेटवार्तालाई सकारात्मक रुपमा लिएका छन्।
एक केन्द्रीय सदस्य भन्छन्, ‘ओली कमरेड लोकप्रिय राजनेता हुनुहुन्छ। बालेन पनि महानगरमा चर्चित हुनुहुन्छ। ओलीले बालेनको कामकारबाहीमा भाँजो हाल्ने गरेको सत्य हो। यसले एमालेलाई नै घाटा भएको निष्कर्षसहित पूर्वराष्ट्रपति विद्या कमरेडमार्फत बालेन-एमाले सम्बन्ध सुधारको पहल सुरु भएको हुनुपर्छ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया