बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जुन दलका नेतामाथि विवाद उठेको हो त्यसका विषयमा छानबिन हुँदा संसदीय समितिको नेतृत्व त्यही दलले नगर्ने समझदारी कहाँ गयो? भन्दै प्रश्न उठाएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाजस्तो मानव तस्करीको विषयमा संसद अवरोध जारी रहँदा संसदीय समिति नबने पनि ‘कुलिङ अफ पिरियड’को नयाँ कथा आएकाले संसदीय समिति बन्न लागेको बताए।
उनले भने, ‘भिजिट भिषामार्फत भइरहेको मानव तस्करी जस्तो त्यो आन्दोलनमा हामी यथावत रहेकै बेलामा संसदीय अभ्यासमा एउटा कलंकित कथा बुनियो। त्यो हो कुलिङ पिरियडको बारेमा। सदनमा रोष्टमबाट सम्बन्धित समितिका सभापतिले प्रस्ताव गर्नुभएको भन्दा निकै फरक काम भएको छ। जुन मुद्दा सबैभन्दा गम्भीर र महत्वपूर्ण थियो। त्यही मुद्दामा छेडखानी भएर यहाँ फरक भएर आयो र पास भयो। जुन दलका नेतामाथि विवाद उठेको हो त्यसका विषयमा छानबिन हुँदा संसदीय समितिको नेतृत्व त्यही दलले नगर्ने समझदारी कहाँ गयो?’
उनले मानव तस्करी जस्तो संगठित अपराध सम्बन्धी आफूहरूको आन्दोलन जारी नै रहेको बताए।
उनले भने, ‘प्रतिपक्षको तर्फबाट केही नेताहरूले सरकार ढल्छ ढल्दैछ भन्दैगर्दा मैले केही महिना अगाडि सदनमा भनेको थिए- यो सरकार नढलोस्। किनकी कति गिर्छ भन्ने कुरा हेर्न बाँकी छ। भिजिट भिषामार्फत भइरहेको मानव तस्करी जस्तो संगठित अपराध सम्बन्धी हाम्रो आन्दोलन जारी नै छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया