बिहिबार, ०५ मार्च २०२६

प्रचण्डको दाबी- ओली सरकारको काम ‘भ्रष्ट, माफिया र विचौलिया’को पक्षमा

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए। अघिल्लो सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

एमाले बन्यो सबैभन्दा धनी दल, अरु पार्टी घाटामा

गत आर्थिक वर्षमा २ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको कांग्रेसले खर्च भने ४ करोड बढी गरेको छ। यसरी हेर्दा कांग्रेस २ करोड ३२ लाख रुपैयाँ घाटामा गएको देखिएको छ। संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि गत आर्थिक वर्षमा घाटामा गएको छ। यद्यपि माओवादीले आम्दानीमा सन्तुलन हुनेगरी खर्च गरेको देखाएको छ। गत आर्थिक वर्षमा १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको माओवादीले ५३ हजार मात्र घाटा देखाएको छ। यता संसदको चौथो ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीभन्दा दोब्बर खर्च गरेको छ। गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको रास्वपाले ६ करोड ५० लाख खर्च विवरण पेस गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन्। जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बर्जु (सुनसरी)

दक्षिणका जनतालाई सरकारले विभेद गरेकाे छ: प्रचण्ड

जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने विश्वास व्यक्त  गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘खबरदार! रगतको होली खेल्न जनयुद्ध भएको होइन’

सिंहले  संघर्ष नगरी फल खाइरहेका प्रधानमन्त्री केपी ओलीको पछि लागेर रामबहादुर थापा बादल हदैसम्म गिरेको आरोप लगाइन्। उनले भनिन्, ‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरूले विरोध गरे पनि जनयुद्धमा बलिदान गर्न सिकाउने बादल कमरेडहरूलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो?’ केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको बताउँदै उनले थपिन्, ‘रामबहादुरहरूका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबरदार अति भयो, अब सहन सकिन्न।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादललाई देवेन्द्रको काउन्टर- जनयुद्धकै कमाण्डर मतिभ्रष्ट, नैतिक धरातलबाट गिरे

पौडेलले एमाले-कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए। उनले भने, ‘न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादललाई देवेन्द्रले भने- ‘जनयुद्धकै कमाण्डर मतिभ्रष्ट भए’

पौडेलले एमाले-कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए। उनले भने, ‘न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दैै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताएका छन्। कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन्। अन्तर्क्रियामा वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्नेगरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दैै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताएका छन्। कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन्। अन्तर्क्रियामा वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्नेगरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकका मेयरको ठाडो आदेशमा ‘फरार प्रतिवादी’लाई जागिर खुवाइएको खुलासा

राईलाई प्रहरीले पाँच दिनअघि पक्राउ गरेपछि मेयर चढ्ने गरेको नगरपालिकाको सवारीका चालकको पुरानै मुद्दा रहेको पाईएको हो। प्रहरीले पुराना फरार प्रतिवादीहरूको सूचीमा रहेका राईलाई अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ गरी दुईदिन हिरासतमा राखेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख जीवन पाठकका अनुसार राईमाथि वन मुद्दा रहेको छ। मुद्दाको किनारा अझै लागेको छैन। उनलाई सो मुद्धामा थप कारवाही प्रक्रियाका बारेमा भने केही कानूनी जटिलता रहेको पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

किन रिसाए नारायणकाजी? प्रचण्ड भन्छन्- फटाहाहरूले भ्रम छरे

माओवादीको तराई मधेस जागरण अभियानको उदघाटन कार्यक्रममा झापा सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बोल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। पछि उनले चितवन पुगेर कार्यकर्तासँग माफी मागेका थिए। प्रचण्डले पार्टी एकबद्ध नै रहेको दाबी गर्दै भने, ‘मैले भन्या छु एकताबद्ध नै छ। तपाईंहरूले देख्नु भयो केन्द्रीय समितिको बैठक भयो। तीन दिनसम्म भएको बैठकमा हामीले झण्डै एकहजार केन्द्रीय समितिका सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट बस्दा सबैको एकमतले डकुमेन्ट, योजना पास भएको छ। हाम्रो पार्टीमा विवाद छैन भन्ने आधार त्यही भयो नि।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

शशांकको दाबी- ३० वर्षपछिका सबै विकासमा कांग्रेसको देन

देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाईल फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए। यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भएपनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरूलाई सुझाव दिए। नेता कोइरालाले केन्द्रीय कार्यसमितिमा ४० वर्षभन्दा मुनिका कोहि पनि नरहेकाकम गुनासो गरे। उनले युवाहरूलाई स्वेदशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औंल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

पूर्वराजालाई खासै महत्व दिन्नँ, अब राजतन्त्र फर्किन सम्भव छैनः प्रचण्ड

उनले पूर्वराजालाई कसैले उक्साएर बोल्न लगाएको हुनसक्ने अनुमान गर्दै अब नेपालमा राजतन्त्र फर्किने कुरा सम्भव नभएको दाबी गरे। उनले भने, ‘त्यो पूर्वराजालाई मैले कुनै महत्त्व दिएको छैन। मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्। किनभने इतिहासबाट धेरै अघि बढिसक्यो। उनलाई कसैले बोल्न लगाएका होलान्। जसले स्वार्थसिद्ध नजिक बसेर पाउँला भन्ठानेर अघि बढाएका होलान्। तर, त्यसको केही अर्थ छैन। यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असम्भव छ।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

माओवादी आफ्नै वर्ग र समुदायमा फर्केकाे छ: प्रचण्ड

गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको जानकारी दि । यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बिराटनगर

ट्रम्पको नयाँ अफर, ५० लाख डलरमा ‘ट्रम्प गोल्ड कार्ड’ भिसा किन्न पाइने

ओभल हाउसबाट नयाँ कार्ड बिक्री खुल्ला भएको घोषणा गर्दै ट्रम्पले भनेका छन् ‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं। ५० लाख डलर तिरेपछि यसले ग्रीन कार्डका विशेषाधिकारहरू प्रदान गरिनेछ। र यसबाट अमेरिकी नागरिकता पाउने बाटो खुल्नेछ। धनी व्यक्तिहरू यो कार्ड किनेर अमेरिका आउन सक्नेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रेनसँग के त्यस्तो खनिज छ, जसका लागि ट्रम्प मरिहत्ते गरिरहेछन्?

ट्रम्पले अमेरिकालाई युक्रेनी भूमिमा रहेको ‘रेयर अर्थ मिनिरल्स’को स्वामित्न दिन जेलेन्स्कीलाई भनेका थिए। रुससँग युद्ध लड्नका लागि यसअघि बाइडेन प्रशासनले युक्रेनलाई अर्बौं डलर सहायता दिएको बदलामा उनले युक्रेनसँग खनिज मागेका थिए। तर युक्रेनले सुरुमा मानेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति दर्शनमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए। प्रधानमन्त्री ओलीका साथमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो: प्रधानमन्त्री

‘स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न मिल्छ र? अहिले पनि साढे ५४ लाख सरकारले तिरेर विद्यार्थी पढाइराखेको छ। अनि सरकारले केही गरेन भन्ने? सरकारले धेरैलाई किन पढाउन सकेन सिमित किन गर्नुपर्याे भने हामी विद्यार्थी फि २३ लाख पनि तिर्न पर्ने त्यसको आधा साढे ११ लाख सञ्चालन खर्च पनि सरकारले दिनपर्ने १९ लाख जति फेरी काम गरेवापत पनि दिन पर्ने गर्दा साढे ५४ लाख पुग्छ। नसक्ने कुराहरू भन्दा सक्ने कुराहरु आफैं तिरेर पढ्न दिन पढ्छ हस्पिटल, इकुमेन्ट सेवा सुविधा, डाक्टर नर्स बढाउनुपर्छ। हामीले सन्तुलन ढंगबाट जानुपर्छ। शिक्षा खेलवाड गर्ने थलो होईन्। त्यसको उन्नतीको लागि व्यस्थित कदम चाल्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ को चुनाव अघि नै कांग्रेसले नयाँ नेतृत्व पाउँछः विश्वप्रकाश शर्मा

जिल्लाका साथीहरू विधानले तोकेको नियमावली भित्र रहेर टुङग्याउनुस् र हामीले भनेका पनि छौं नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि बन्नु छ तर क्रियाशिल चैं नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुँदैन। निर्धारित समय भित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौं। त्यसपछि महाधिवेशनको ढोका खुल्छ। पार्टीका सबै साथीहरू तयार भए हुन्छ। आगामी ०८४को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा-वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नयाँ नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

पूर्वराजा जस्तो मान्छे भएर राजनीतिक साथ माग्न सुहाउँदैनः रघुजी पन्त

‘अरु देशमा राजाहरू काटिएका र फालिएका इतिहास छन्। तर हामीले शान्तिपूर्ण तरिकाले, त्यती धेरै दमन गरेपनि राजालाई सम्मानपूर्वक संसदबाट गणतन्त्र घोषणा गरेर संविधान बनाएर बिदा गरेका हौं। यसको साथै उहाँलाई पूर्व राष्ट्राध्यक्षको सम्मान पनि दिएको छ। त्यो खालको सुरक्षा पनि छ, यो सम्मानलाई त हिजोको राजाले बोक्न सक्नु पर्यो नि त्यो सम्मान बोक्न नसकेर राजनीतिक रुपमा आह्वान गरेर साथ दिनुपर्यो भन्ने कुरा प्रचण्डजीलाई सुहाउँछ, राजेन्द्र लिङदेनजीलाई सुहाउँछ। अरु राजनीतिक दलहरूलाई सुहाउँछ पूर्व राजालाई त्यो सुहाउदैँन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं