बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘देश बर्बाद भयो’ र ‘देश खतरामा छ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।
शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौंको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन भनेका हुन्।
देशमा केही राम्रो भएपनि भनेजति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनैपनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए।
एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्नपनि सुझाव दिए।
आयोजक संस्थाका अगुवा एवम कांग्रेस नेता सुशील भट्टले एसईई उत्तिर्ण विद्यार्थीहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै नव युवाहरूलाई प्रोत्साहित गर्न आफू सँधै तत्पर रहने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया