बिएल संवाददाता
सहकारीमन्त्री बलराम अधिकारीले सबैको मागअनुसार सहकारी नियमन प्राधिकरण बनेपनि प्राधिकरणले चाहेनुसार काम गर्न नसकेको बताएका छन्।
शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राधिकरणको सुरुवता नहुँदै विरोध सुरु भएकाले काम गर्न नसकेको बताएका हुन्।
उनले भने, ‘सबैको मागअनुसार सहकारीलाई नियमन गर्न सहकारी नियमन प्राधिकरण बनेको हो। यसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो। बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन।’
उनले सहकारी नीति र उद्देश्य अनुसार काम नगरेको भन्दै स्रोत नखुलेका अवैध पैसा सहकारीमा चलाइने बताए।
‘हामीले सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छौ कि छैनौं भन्ने हो। तर सहकारीले ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन। बैंकले त्यसलाई ख्याल गर्नैपर्छ। त्यसको स्रोत चाहिन्छ। सहकारीले साच्चै धितो नराखिकन ५०-६० करोड एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ? हाम्रो उद्देश्य भित्र छ? छैन। यो गम्भीर प्रश्न हो,’ उनले भने।
उनले पछिल्लो समय सहकारी गलत बाटोमा हिँड्दा विभाग, मन्त्रालयले ध्यान दिन नसकेको स्वीकार गर्दै अब सच्चिएर जानुपर्ने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया