‘पहलगाम आक्रमण’ गराएका मौलाना मसुद अजहरको ‘नेपाल साइनो’ (भिडियोसहित)
यद्यपि भारतीय सुरक्षाकर्मीले सन् १९९४ मै मसुदलाई कश्मीरबाट गिरफ्तार गरिसकेको थियो। सन् १९९० तिर मसुद एक धार्मिक प्रवचक थिए। कट्टर मुस्लिम धार्मिक गुरु ठहरिएका उनले विश्वका धेरै इस्लामिक देशहरूको भ्रमण गरिसकेका छन्। त्यो बेला पनि उनले मुस्लिम समुदायमा पुगेर उग्र धार्मिक प्रवचन दिन्थे र युद्धका लागि उक्साउथे। उनी झुठा परिचय लिएर भारतभित्र छिरेका थिए। कश्मीरतिर रहेरले उनले भारतमा हिंसात्मक आक्रमणको योजना बनाइरहेका थिए। त्यो बेला उनी हरकत-उल-मुजाहिद्दिनका नेता थिए। नेपालबाट विमान अपहरण गरेर भारतसँग मोलमोलाइ गर्दै उनी फेरि रिहा भए र अर्को त्यस्तै आतंकवादी संगठन हरकत-उल अन्सारलाई समेत मिलाएर जैश-ए-मोहम्मद भन्ने संगठन बनाए। दुबैतिरका उग्र लडाकु मिलेर बनेको यो संगठनले सन् २०१६ मा भारतीय संसद भवनमै आक्रमण गरेको थियो।
बिएल संवाददाता - काठमाडौं