बुधबार, २६ अगस्ट २०२६

के चीन र अमेरिका वार्ता गर्दैछन्?

कर लगाउने मामिसलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि सबैभन्दा निर्मम र आक्रामक पनि भए। अरु देशको तुलनामा चीनसँग कुनै रिसिइबी नै साँधेको जसरी ट्रम्पले एकपछि अर्को गर्दै अप्रत्याशित लाग्नेखालको करको घोषणा गर्दै गर्दै लगभग २४५ प्रतिशतसम्मै कर लगाइदिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारको नीति तथा कार्यक्रम टोले गुण्डाले हप्ता उठाएकोजस्तो’

‘पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिने छ, भनिने छ,  सुनिने छ, भन्ने सुगा रटाई जस्तो’ उनले लेखेका छन् ‘न त युवाको रोजगारीको लागि नत देशका लागि आयो। यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साना बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा

सरकारले सहकारीमा थोरैमात्रामा रकम बचत गरेका पीडितहरूको रकम फिर्ताको घोषणा गरेको छ। नीति तथा कार्यक्रममार्फत सरकारले समस्याग्रस्त सहकारीहरूमा साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नभएका आयोजनाहरू स्थगन र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने

सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने भएको छ। शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षा विधेयक ऐन संसदको यही अधिवेशनबाट पारित हुने

‘शिक्षालाई सुलभ, गुणस्ततरीय र जीवनोपयोगी बनाइनेछ। विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र व्यवहारिक सुधार गरिनेछ’ सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन् ‘विद्यालय शिक्षा सुधार गर्नका लागि बनेको शिक्षा विधेयक ऐनलाई लाई यसै अधिवेनशनबाट पारित गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्टार्टअप कर्जा’ दिने सरकारको घोषणा

सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरूमा जेन् जी पुस्तालाई प्राथमिकतामा राख्दै ‘स्टार्टअप’ कर्जाको व्यवस्था पनि गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अराजकता सिर्जना हुन नदिन सरकार दृढ छ’

‘बेलाबेलामा प्रकट हुने नकारात्मक सोंच, संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ’ पौडेलले सरकारका नीति तथा कार्यक्रमहरू पढ्दै भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन् २०२६ सम्म नेपाल विकासशील राष्ट्र

‘१६औं पञ्चवर्षीय योजनाअनुरुप, सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गरिने छ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ‘अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदोन्नतीको संक्रमणलाई सहज तुल्याउने रणनीति लागु गरिने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरषदको बैठक रोकियो

बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन्। बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले नीति तथा कार्यक्रम ल्याउँदै, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। बैठक दिउँसो ३ बजे बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केआईआईटीमा अर्की नेपाली विद्यार्थी मृत फेला

भारतको उडिसास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की एकजना नेपाली विद्यार्थी मृत फेला परेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘सहकारी नियमन प्राधिकरण’को अध्यक्षमा केदारनाथ शर्मा नियुक्त

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले  राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मालाई नियुक्त गरेको छ। यसअघिका अध्यक्ष तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलको अवकाशपछि प्राधिकरणको रिक्त अध्यक्ष पदमा सचिव शर्मा नियुक्त भएका हुन्। शर्मालाई मन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका र बुधबारबाटै शर्माले प्राधिकरणको जिम्मेवारी सम्हालेका प्राधिकरणका प्रवक्ता रबिन ढकालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार यतिबेला बैठक चलिरहेको छ। भेटवार्तामा पछिल्ला राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डद्वारा ‘नयाँ क्रान्ति’ गर्ने उद्घोष, सरकारले दमन गरे ‘विद्रोह’ हुने चेतावनी

(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। बिहीबार १३६औं मे दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरूमा फेरि एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए। उनले भने,‘तपाईहरू राम्रो तयारीमा बस्नुहोस्। हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ। एकचोटी क्रान्ति गर्ने छौं। त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ। तर राज्य र सरकारमा भएकाहरुले यदि शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गर्ने गल्ती गरे भने, दमनद्धारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन्। नेपालमा पनि सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सगरमाथा इज सगरमाथा’- केपी ओली

प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट ब्राण्डिङ गर्नुपर्ने बताएका छन्। कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरगमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताए। उनले सगरमाथाको अर्को नाम ‘माउन्ट एभरेष्ट’ नक्कली भएको दाबी गरे। उनले भने, ‘एभरेष्टसँग माउन्ट एभरेष्टको सगरमाथाको कुनै लेनादेना छैन, त्यसकारण यो नक्कली नाम हो। हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारमा जाने रुची छैन– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुची नभएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफूमाथि बहस सुरु भएपछि हृदयन्द्रको अपिलः ‘सबैले एकअर्काको विचारको सम्मान गरौं’

राजनीतिमा खासै चासो नभएका पूर्वनवयुवराज हृदयन्द्र शाहलाई अनावश्यक रुपमा बहसमा तान्ने प्रयास भएपछि प्रतिक्रिया दिएका छन्। केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वातामा हृदयन्द्रलाई फिल्म क्षेत्रमा आउन सुझाव दिएपछि उनी विवादित बनिन्। उनीमाथि सामाजिक सञ्जालमा आक्रमण भयो। उनको चलचित्र बहिष्कार अभियान नै चल्यो। राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहपछि राजाको रोलक्रममा राखेका हृदयन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि राजावादीहरूलाई असह्य भयो र उनीमाथि गालिगलौज गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पेस्तोल पड्काउँदै छमछमी’ नाचेको भिडियो भाइरल भएपछि प्रहरीको ‘राडार’मा जसपा नेतृ

जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ। बुधबार सामाजिक सञ्जालमा नेतृ यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो बाहिरिएको थियो। भिडियो भाइरल भएपछि यादवले भने खेलौना पेस्तोल भएको बताएकी छन्। भिडियोमा उनीसँगै अन्य मानिसहरू पनि धुमधाम नाचिरहेका देखिन्छन्। पेस्तोल हल्लाउँदै देखिएकी उनले आकाशतिर पेस्तोल फर्काउँदै फायर खोल्छिन्। गोली पड्किएपछि धुवाँ उडेको र आँखा पोलेर आँखा मिच्दै गरेको देखिन्छ। यत्तिकैमा एक युवकले उनको हातबाट पेस्तोल लिन्छन्। फुक्दै चिस्याउने प्रयास गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेयर बालेनसँग र जापानका राजदूतको भेटवार्ता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्। बुधबार मेयर साहको कार्यकक्षमा भेटघाट भएको हो ।  भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो। कुराकानीका क्रममा मेयर साहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे। सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं