बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू सोमबार काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा छमछमी नाचेर रमाएका छन्।
‘सामना सांस्कृतिक अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा नेता विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले क्रान्तिका गीत गाएर नृत्यमा सहभागी भएका थिए।
कार्यक्रममा ‘सबैले कुरा बुझ्नुपर्छ, क्रान्तिकारीहरू जुट्नुपर्छ अनि समाजवाद छिट्टै ल्याउनुपर्छ’ भन्ने गीतमा नेताहरूले सामूहिक रूपमा स्वर मिलाएका थिए।
सांस्कृतिक प्रस्तुतिसहित उनीहरू क्रान्तिप्रतिको प्रतिबद्धता जनाउँदै रमाइलो गरिरहेका देखिन्थे।
सांस्कृतिक अभियानमार्फत पार्टीले राजनीतिक सन्देश दिनुका साथै जनता र कार्यकर्तासँगको सम्बन्ध अझ सशक्त बनाउने उद्देश्य लिएको बताएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया