बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू सोमबार काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा छमछमी नाचेर रमाएका छन्।
‘सामना सांस्कृतिक अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा नेता विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले क्रान्तिका गीत गाएर नृत्यमा सहभागी भएका थिए।
कार्यक्रममा ‘सबैले कुरा बुझ्नुपर्छ, क्रान्तिकारीहरू जुट्नुपर्छ अनि समाजवाद छिट्टै ल्याउनुपर्छ’ भन्ने गीतमा नेताहरूले सामूहिक रूपमा स्वर मिलाएका थिए।
सांस्कृतिक प्रस्तुतिसहित उनीहरू क्रान्तिप्रतिको प्रतिबद्धता जनाउँदै रमाइलो गरिरहेका देखिन्थे।
सांस्कृतिक अभियानमार्फत पार्टीले राजनीतिक सन्देश दिनुका साथै जनता र कार्यकर्तासँगको सम्बन्ध अझ सशक्त बनाउने उद्देश्य लिएको बताएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया