गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा ओलीको दोष छैन: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन्। ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका हुन्। उनले भने, ‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ। गठबन्धनमा कुनै समस्या छैन। अहिले राष्ट्र बैंकको गर्भनरको विषयमा हामीबीच कुनै समस्या छैन। गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्कभित्रकै समस्याले हो। ओलीको कारणले होइन।’
बिएल संवाददाता - काठमाडौं