बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरू पीडित रहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित ११औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन्।
उनले भने, ‘योग भन्नेवितिकै अनुशासनको कुरा आउँछ। आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्याले गर्दा छ। अनुशासन योगको पहिलो सुत्र हो। अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन। ध्यान गर्दा पनि अनुशासन चाहिन्छ, हरेक चिजको अनुशासन हुन्छ।’
प्रधानमन्त्री ओलीले अहंकारधारीहरूले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए।
‘यदि हतियारधारीहरूले, अहंकारधारीहरूले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न्। बन्दुक आफैं पड्किदैन। त्यसमा गोली हुन्छ। त्यो बहुतै खतरनाक हुुन्छ। अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’ उनले भने।
यस्तै कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले योग वैद्धिक संस्कृतिको मात्र नभइ यो विश्वभरको साझा जिवनपद्धतीको रुपमा अगाडि बढेको बताए।
उनले भने,‘योग र ध्यानलाई वैद्धिक चिन्तनलाई हामीले हाम्रो देशको बौद्धिक सम्पदाको रुपमा अगाडि बढाउनुपर्छ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया