बिएल संवाददाता
थाइल्यान्डकी प्रधानमन्त्री पेइतोङतार्न शिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबिचको गोप्य फोनसंवाद बाहिरिएपछि गठबन्धन सरकार संकटमा परेको छ।
३८ वर्षीया चर्चित प्रधानमन्त्रीको छिमेकी देशका पूर्वप्रधानमन्त्रीसँग सीमा विवादसम्बन्धी विषयमा भएको १७ मिनेटको फोनसंवाद लिक भएपछि सत्ता नै संकटमा परेको हो।
हुन सेनलाई अंकल भन्दै सम्बोधन गरेकी उनले आफ्नै देशका एक सैन्य कमाण्डरको आलोचना गरेकी थिइन्। सेनाविरुद्ध अपमानको रुपमा व्याख्या भएपछि उनको चर्को विरोध सुरु भएको थियो।
गठबन्धन सरकारको दोस्रो ठूलो दलले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। अन्य साझेदार दलहरू पनि बहिरिने तयारीमा रहेको बीबीसीले जनाएको छ।
संवाद बाहिरिएपछि शिनावात्राले सार्वजनिक माफी माग्दै भनेकी छन्, ‘कम्बोडियाली नेतासँगको मेरो कुराकानी लिक भएपछि जनतामा आक्रोश उत्पन्न भएकोमा म क्षमायाचना गर्न चाहन्छु।’
सत्ता साझेदारहरू बाहिरिन थालेपछि सरकार नै संकटमा परेको छ। सत्ता संकटमा परेपछि प्रधानमन्त्री सिनावात्राले राजीनामा दिने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ। यतिबेला उनी आन्तरिक रुपमा दलहरूसँगको छलफलमा छिन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया