बिएल संवाददाता
गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईंको गाडीमा बसेर भिडियो खिचेका पत्रकार प्रकाशचन्द्र दाहाल धरौटीमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश रेशराज शर्माको इजलासमा भएको थुनछेक बहसपछि नेपाल पुकार युट्युव च्यानलका सञ्चालक दाहाललाई ५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।
राजावादी आन्दोलन हिंसात्मक बनेपछि दुर्गा प्रसाईंले प्रहरीमाथि गाडी चलाउने प्रयास गरेका थिए। सोही क्रममा उनले उत्तेजक भिडलाई ‘आओ-आओ’ भन्दै उकास्दै अन्धाधुन्ध गतिमा गाडी चलाएका थिए। उनको भिडियो सोही गाडीमा सँगै बसेका दाहालले खिचेका थिए।
सो भिडियो सामाजिक सञ्चालमा भाइरलसमेत भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया