बिएल संवाददाता
गण्डकी प्रदेशसभाका सांसद दीपक मनाङे पदमुक्त भएका छन्।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङको प्रदेश ‘ख’बाट निर्वाचित राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ सांसद बन्नका लागि अयोग्य रहेको ठहर गरेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले मनाङे चुनाव लड्नै अयोग्य रहेको ठहर गर्दै आजैका मितिबाट सांसद पदबाट मुक्त हुने फैसला गरेको हो।
योसँगै मनाङ ‘ख’ मा उपचुनाव गर्ने बाटो खुलेको छ।
गत कात्तिक २० गते सर्वोच्च अदालतले नै मनाङेलाई चक्रे मिलनमाथि भएको आक्रमणमा दोषी करार गर्दै ५ बर्ष कैद फैसला गरेको थियो।
मंसिर २ गते पक्राउ परेका मनाङे त्यसयता डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया