सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि सांघातिक आक्रमण
सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि सांघातिक आक्रमण भएको छ। उनी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता हुन्। शनिबार राति उनीमाथि अपरिचित समुहले सांघातिक आक्रमण गरेको माओवादीका नेताहरूले बताएका छन्। ठगुन्नाको अनुहार र शरीरका केही भागमा चोट लागेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्लले ठगुन्नामाथि आक्रमण गर्नेहरूलाई कडा कारबाहीको माग गरेका छन्।
बिएल संवाददाता - भक्तपुर