बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित, षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए।
उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ। जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु।’
त्यस्तै उनले भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए।
‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ। यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो। ती अभिव्यक्तिमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया