बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन्।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टी र उम्मेदवार दुवैले पैसा खर्च गर्न नपर्ने गरी दुनियामा ७१ वटा निर्वाचन प्रणाली रहेको र नेपालमा पनि यस्तै निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताए।
उनले भने, ‘अरु देशमा प्रधानमन्त्री देशको हुन्छ हाम्रो देशमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्र हुन्छ। सबै स्रोत साधन त्यतै प्राप्त हुन्छ। कतिपय सांसद घरको न घाटको हुने गरेको छ। निर्वाचन प्रणालीले तलदेखिको माथिसम्मको ठूलो लगानी उनिहरूले सेवाको लागि गर्नुपर्छ। सबै निर्वाचन प्रणाली खराब होला त म भन्दिन तर पनि तुलनात्मकको रुपमा हाम्रो जस्तो विपन्नता भएको मुलुकमा यो खालको निर्वाचन प्रणाली दरिद्र भएको छ। भ्रष्टाचार बढाउने बाटो खुलेको छ। त्यसैले न पार्टीले न उम्मेदवारले खर्च गर्न परोस्।’
उनले आजसम्म भएका राजनीतिक अस्थिरता सबै मन्त्रीका लागि मात्र भएको दाबी गरे। उनले संसदबाट मन्त्री भन्ने शब्द हटाएपछि मन्त्रीहरूको खरिद बित्री नहुने बताए। उनले देशको निर्वाचन प्रणाली नै बदल्न पर्ने बताए।
उनले भने, ‘आजसम्म जति पनि राजनीतिक अस्थिरता भएको छ त्यो सबै मन्त्रीका लागि भएको छ। एउटा पार्टीले सबैलाई मन्त्री बनाउन सक्दैन त्यसैले राति पार्टी फुटाउँछ बिहान नेता निकाल्छ। संसदबाट मन्त्री भन्ने शब्द हट्यो भने मन्त्रीहरूको खरिद विक्रि हुँदैन थियो। खसीबोकाको भाउ होला बरु सांसदहरूको भाउ छैन।’
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया