
बिएल संवाददाता
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ।
आइतबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन्। यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन्।
सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो।
घिमिरे बोल्न सुरु गर्ने वित्तिकै रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दे रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आइरहेका छन्।
माओवादी केन्द्रले भने एमालेसँग दुईबुँदे सहमती गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया