बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपाली राज्य र सत्ता चलाउनेहरू कुन हदसम्म जनविरोधी छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले जनताको सुविधाको लागि राज्य बनाए पनि नेपालको राज्य नागरिकलाई दुःख दिने खालको भएको भन्दै यसकारण सदनमा सहमति नगरेर आन्दोलन जारी राखेको बताए।
उनले भने, ‘नेपाली राज्य कुन हदसम्म जनविरोधी छ, सरकार र सत्ता चलाउनेहरू कुन हदसम्म जनतालाई दुख दिने खालका छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको छ। त्यसकारणले पनि हामीले सहमती गरेनौं।’
रवि लामिछानेमाथि षड्यन्त्र गरेर रास्वपा समाप्त पार्ने पुराना दलको उद्देश्य भएपनि पार्टी झन सांगठनिक हिसाबमा सबैभन्दा बलियो भएको भन्दै उनले अब कांग्रेस, एमाले र माओवादीबाट देश विकास नहुने जिकिर गरे।
उनले भने, ‘नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट अब यो देशलाई न्याय र विकास हुदैन। यिनीहरूलाई लागेको थियो रवि लामिछानेमाथि षड्यन्त्र गरेर जेल हालिदिएपछि सिंगो रास्वपा समाप्त हुन्छ भन्ने। तर यहाँसम्म आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी हिजोभन्दा आज सांगठनिक हिसाबमा सबैभन्दा बलियो भएको छ।’
यस्तै, उनले रवि लामिछानेको नेतृत्वमा सुरु भएको संघर्षले गर्दा आम मान्छे सदनसम्म पुग्ने मौका पाएको भन्दै विगतका लोकतन्त्रवादी, समाजवादी र कम्युनिष्ट भन्नेहरूले आम नागरिकलाई राज्य सत्ताको पहुँचमा नपुर्याएको बताए।
उनले भने, ‘नेपालको राजनीतिमा तपाईं-हामी जस्ता आम गरिखाने मान्छेले पहुँच राख्न सक्दैन। आज त हामीले रवि लामिछानेको नेतृत्वमा एउटा संघर्ष सुरु गरेको हुनाले सन्तोष परियारजस्तो आम मान्छे सदनसम्म पुग्ने मौका पायो। विगतका मै हुँ भन्ने लोकतन्त्रवादी, समाजवादी र आफूलाई कम्युनिष्ट भन्नेहरूले पनि आम नागरिकलाई राज्य सत्ताको पहुँचमा पुर्याएका छैनन्। सधैं त्यही वर्ग, जाति र समुदायले नेपाली राजनीति र सत्ता चलायो।’
सात दशकभन्दा लामो समय शासन गरेर पनि निश्चित समूहको भन्दा अन्य समूहको हित नगर्ने, नेपाली, मधेश, पहाड, दलित, महिलाको हित नगर्ने यस्ता राजनीति पार्टीहरू चाहिएन भनेर नै राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको उनको दाबी थियो।
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया