बिएल संवाददाता
मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ्-७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ।
मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन्।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सीडीई अमितकुमार वर्मा सदस्य रहेका छन्।
समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानविन गरि ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको छ। समितिले आईतबार देखिनै काम शुरु गरिसकेको छ।
निर्माणाधिन बेलिब्रिज भाँचिदा तीन मजदुरको मृत्यु भएको थियो। मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गर्दै घाइते मजदुरहरूको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले उपचाररत घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने गरी व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीलाई निर्देशन समेत दिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया