 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५-२०३१) लाई बैंकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गरे।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उत्पादकत्ववृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरूको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउँदै जलवायु परिवर्तनका लागि विश्व समुदायलाई नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको तर भूकम्प र बाढी पहिरोजस्ता विपद्का कारण पुनः निर्माणका काममा लाग्नुपरेकाले सोचे जति विकास हुन नसकेको स्थितिमा अब उत्पादन, बजारीकरण र रोजगारीवृद्धिका लागि लागिएकाले यसमा बैँकजस्ता संस्थाको सहयोग आवश्यक हुने बताए।
प्रमुख सिस्लेनले छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचाअन्तर्गत नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद जोखिम न्यूनीकरण, कृषि, सामाजिक र संस्कृतिका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाए।
उनले प्रधानमन्त्री ओलीको हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए।
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
 
                                    
                                        जलेको सिंहदरबार
 
                                    
                                        जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया