बुधबार, २६ अगस्ट २०२६

भाटभटेनी लुट्ने कांग्रेस सहमहामन्त्रीका छोराको नाम र तस्बिर सार्वजनिक गर्न चुनौती

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्बिर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन्। जनकपुरधामस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिए। पुष्टि गर्न नसके उनले कानुनी उपचार खोज्नेसमते चेतावनी दिए। ‘चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो? तस्बिर सार्वजनिक गर्नुहोस्। होइन भने हामी सहमहान्त्रीहरू तपाईंविरुद्ध अदालत जान्छौं,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

मातातीर्थ औंसीमा ओलीको सन्देशः मेरो लागि जन्मभूमि नै ‘आमाको प्रतिरूप’

प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिएका छन्। आइतबार शुभकामना सन्देश दिँदै उनले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको बताउँदै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताए। उनले लेखेका छन, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो। आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यरातमा ओली-देउवा भेट, के कुराकानी भयो?

शनिबार राति भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सरकार परिवर्तनबारे चलिरहेका हल्लाहरूलाई गलत र निराधार भएको सन्देश दिनका लागि पनि भेटवार्ता भएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको पहलगाम हमलाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त, हिन्दुमाथिको आक्रमणको निन्दा

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन्। शनिबार समवेदना सन्देश जारी गर्दै पूर्वराजाले आतंकवादी हमलामा भएको धनजनको क्षतिप्रति भारत सरकारप्रति सहानूभूति व्यक्त गरेका हुन्। उनले आतंककारी हमलामा हिन्दूवादी यात्रीहरूको निधन भएकोमा अत्यन्त दुःख लागेको बताएका छन्। उनले घटनाका ज्यान गुमाएका नेपालीसहित सबै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आतंकवादविरुद्धको लडाईंमा नेपालले भारतसँग ‘काँधमा काँध’ मिलाएको छः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। उनले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको बताइन्। नेपालस्थित भारतीय दूतावासले कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली दिन आयोजना गरेको सभामा बोल्दै उनले नेपाल सधैं शान्तिको पक्षमा रहेको बताइन्। राणाले भनिन्, ‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्छ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘युद्धका बादलहरू मडारिरहेका बेला बुद्धिज्म र शान्ति आवश्यक छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुद्धिजम् र शान्ति आजको आवश्यकता भएको बताएका छन्। लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुद्धिजम् भएको बताए। उनले भने, ‘बुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आवश्यकता हो । किनभने दुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन्। दुनियाँ कहीं युद्धतिर त जाँदैन? युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरूको निर्माण भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार ढल्छ’ भन्नेहरू ‘फत्रक्क’ गलिसकेः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्। नेकपा (एमाले)को संसदीय दलको बैठकमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रीत हुन सांसदहरूलाई आग्रह गरेका हुन् ।  उनले भने, ‘सरकार बाङ्गिसक्यो। शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए। मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस्, आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ। शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फल्याउनेहरू फत्र्याक्कै गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओली सरकार’ बिचौलियाहरूको सरकार हो: प्रचण्ड

प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको ‘पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रममा उनले यो सरकार भ्रष्टाचारीहरूको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए। उनले भने, ‘अहिलेको सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो भन्ने कुरा सबैलाई थाहा छ। अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति बिचौलिया र नोकरसाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने सरकार हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनुषा कांग्रेसले राजेन्द्र लिङ्देनको ‘पु्त्ला’ जलायो, माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी

धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गरेका छन्। शुक्रबारको संसद बैठकमा लिङ्देनले नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोराले भाटभटेनीमा लुटपाट गरेको र गृहमन्त्रालयको दवाबमा प्रहरीले पक्राउ परेको केही घण्टामै छोडेको अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुत्लासमेत जलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

शिक्षक-शिक्षामन्त्री वार्ता: फेरि बस्ने सहमति, आन्दाेलन नरोकिने

फेरि वार्तामा बस्नेगरी शनिबार बिहानको वार्ता सकिएको उनले बताए। आज २५ औं दिन पनि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सुरु

बिहीबार शिक्षामन्त्रीका रुपमा सपथ लिएका पन्तले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। तर मन्त्रालयले पठाएका शिक्षक प्रतिनिधिहरुका नाम र सिंहदरबार पुगेका शिक्षकहरूको नाम नमिलेपछि उनीहरू फर्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बल्लबल्ल बोले ओली- १४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुर प्रधानमन्त्री बन्नुहुन्छ

अनि ढोकाबाट मुन्टो निकालेर प्रधानमन्त्रीले यत्ति भने ‘१४ महिनापछि मैले राजीनामा दिन्छु अनि शेरबहादुर जी प्रधानमन्त्री बन्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीको बेडरुममा बिचौलिया भनेका गगनलाई वर्षमानले दिए धन्यवाद

वर्तमान सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम भएकाे भन्दै उनले भने, 'आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएकोमा धन्यवाद छ। सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको उनकाे आरोप थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गठबन्धनमा समस्या छैन– शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नेक्रममा उनले सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोरखा पुगेर प्रचण्डले भने, चुनावमा गरेका वाचा भुलेको छैन

‘सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं। त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु’ प्रचण्डले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चको आदेश सरकारलाईमात्र होइन शिक्षकहरूलाई हठ त्याग्नु पनि भनेको हो- शंकर पोखरेल

उनले सरकार र राजनीतिक दलहरूले आजदेखि सुरु हुने संसदको यही अधिवेशनबाटै शिक्षा ऐन जारी गर्ने भनेर प्रतिवद्धता जनाइसके पनि शिक्षकहरूले हठ नत्यागेको आरोप पनि लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद् अधिवेशन आजदेखि

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौं गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको एक इजलासले शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारका नाममा उचित र आवश्यक निर्णय गरी ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गराउने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो। सर्वोच्चले कक्षा १२ को परिक्षा पनि समयमै गर्न र एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने अवस्था आउन नदिन आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली भन्छन्ः एमालेले सरकारबारे धेरै चिन्ता गर्दैन, चुनाव हेर्छ

एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकारको बारेमा धेरै चिन्ता नगर्ने बताएका छन्। उनले एमालेलेले चुनावको बारेमा चिन्ता गर्नुपर्ने बताए। लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसन कार्यक्रममा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेकोले सरकारको आयुबारेका हल्लाको पछि नलाग्न आग्रह गरे। उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो। यो स्थिरता र स्थायित्वका लागि बनेको हो। सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ। त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन। एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं। त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापा चेतावनीः आधारभूत कुरामा ‘कम्प्रमाइज’ गर्नुपरे सरकारबाट बाहिरिन्छौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने चेतावनी दिए। उनले भने, ‘अहिले मैंले समस्याको कुराहरू गरें। तर हामीले समाधान पनि दिनुपर्छ। हाम्रा बाध्यताहरू छन्, एक्लै छैनौँ, सरकारमा छौँ। कतिपय कुरामा कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा कम्प्रमाइज गर्न सक्दैनौं। हामीले यो भन्न सक्नुपर्छ, परिआएको खण्डमा सरकारबाट बाहिर जान्छौँ। सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं