मङ्गलबार, ०५ अगस्ट २०२५

कांग्रेसले गृहमन्त्रीलाई संसदमा बोल्न दिने

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बाेल्न दिने निर्णय गरेकाे हाे। कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरोध गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक ४ बजेका लागि सर्‍यो

सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेशसभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेसले बिना प्रमाण कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुँदैन’

उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए। ‘आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने? यस्तो संसदीय अभ्यास हुँदैन’,अध्यक्ष ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रम र सदनको अवरोधबारे छलफल

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा आधिकारिकता विवाद: उपेन्द्र यादवकाे रिट शर्माको इजलासमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिटमा आज पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीकाे बैठक: महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल

राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रम उत्साहप्रद: एमाले

संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्तावसमेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी प्रदेश सांसद निर्मला लिम्बूको अशोक राई नेतृत्वकाे जसपामा

लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर राई नेतृत्वकाे नयाँ दल जनता समाजवादी पार्टी (जसपा)को पक्षमा सनाखत गरेकी हुन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे: संयाेजक भट्ट 

संयाेजक नवराज भट्टले युवा विद्यार्थीको सुन्दर जीवन र भविष्यको ग्यारेन्टी वैज्ञानिक समाजवाद मात्र सम्भव भएकाे दाबी गर्दै उनले त्यसका खातिर वैज्ञानिक समाजवादी जनक्रान्तिको समर्थन, सहयोग र सहभागिता जरुरी रहेकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने काँग्रेसको निर्णय

निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको नेपाली काँग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिने भएको छ। मंगलबार दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ। राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज पनि जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

 जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेदेखि सुरु हुने छ। ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ आफ्नो धारणा राख्ने क्रम जारी छ। बैठकमा आज पनि पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुने छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसदीय दलको बैठकअघि कांग्रेस नेता बालुवाटारमा छलफल

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार जान लागेका हुन्। उनीहरु अहिले बालुवाटार जाँदैछन्। बालुवाटारबाट फर्केपछि ९ बजे संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार जान लागेको प्रमुख सचेतक लेखकले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जसपाका नवनियुक्त मन्त्रीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार जसपाबाट नवनियुक्त एक मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् भने हसिना खानले राज्यमन्त्रीकाे जिम्मेवारी पाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले साेमबार सभामुखलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी विभाजन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट

आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न माग गर्दै यादवले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले अशोक राई नेतृत्वको नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं