बुधबार, २६ अगस्ट २०२६

बालेनलक्षित सुनिताको टिप्पणीः स्टन्ड गरेर देश बन्दैन, काम गर्नुपर्छ

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जालमा स्टन्ड गर्दैमा देश नबन्ने बताएकी छन्। बिहीबार लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अरुलाई गाली गरेर स्टन्ड गरेर मात्र देश नबन्ने भन्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने बताईन्। उनले भनिन्, ‘अहिले हामीले देख्छौं। धेरै जनाले स्टन्ड गर्नुहुन्छ। बोल्नुहुन्छ। पपुलर बन्नुहुन्छ। पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरुलाई गाली गरेर नै देश बन्छ जस्तो पनि लाग्छ। तर स्टन्ड गरेर देश बन्दैन। देश बनाउने हो भने काममा इमान्दारिता हुनुपर्छ। त्यसैले हामी स्टन्ड गर्ने युवा हैनौं। काम गर्ने युवा बनौं, हामी अराजक युवा हैनौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन्। विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएसँगै एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको दाबीः शीर्ष नेताहरूप्रति जनताको विश्वास टुटिसक्यो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेका प्रमुख पार्टीका शीर्ष नेताहरूप्रति आममानिसको विश्वास टुटिसकेको दाबी गरेका छन्। लोकतन्त्र दिवसका अवसरमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताए। उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढेको पनि टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्रीको ‘बोल्ड डिसिजन’- निजी मेडिकल कलेजलाई सरकारले कुनै पनि सहयोग नगर्ने

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई मन्त्रालयबाट हुने सबै सहयोग रोक्ने चेतावनी दिएका छन्। आवासीय चिकित्सकलाई ८औं तहको निर्वाह भत्ता दिनुपर्ने सरकारले निर्णय गरेपनि निजी मेडिकल सञ्चालकहरूले श्रमशोषण गरेको आरोप लगाउँदै चिकित्सकहरूले आन्दोलन थालेका छन्। बिहीबार नेपाल चिकित्सक संघ, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समितिसँगको छलफलमा मन्त्री पौडेलले सरकारको निर्णय कार्यावन्यन नगरेसम्म मन्त्रालयबाट कुनै पनि सहयोग नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कान्छारामलाई २० करोड डिल गरेको आरोप लगाउँदै महेश बस्तेतले भनेः ‘अब समय आयो…’

एमाले नेता महेश बस्नेतले पूर्व ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन्। बिहीबार फेसबुकमा स्टाटस देख्दै बस्नेतले तामाङमाथि राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीले बर्खास्त गरेको दाबी गरेका छन्। बस्नेतले तामाङले ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गरेको पनि आरोप लगाएका छन्। उनले तामाङले पद खुस्किएपछि प्रधानमन्त्री ओलीको विरुद्ध अनेक आरोप लगाउँदै हिँडेको भन्दै एमाले पङ्क्तिको हातमा पनि दही जमेर नबसेको चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाल प्राप्त अधिकारहरू सित्तैमा पाएका होइनौं: उपप्रधानमन्त्री सिंह

उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल प्राप्त अधिकारहरू सित्तैमा नआएको बताएका छन्। बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै  उनले धेरै लामो संघर्षपछि अधिकारहरू प्राप्त गरेकाले त्यसलाई सुरक्षित गर्ने जिम्मेवारी सबैजनाको भएको बताएका हुन्। उनले भने, ‘जुन अधिकारहरू हामी प्राप्त गरिराखेका छौं ति अधिकारहरू सित्तैमा आएको  होइन। धेरै लामो संघर्षपछि प्राप्त गरेका छौं। प्राप्त अधिकारहरूलाई सुरक्षित गर्ने तपाईं हामीहरूको जिम्मेवारी हो। सबैले के बुझ्नुपर्यो भने जसरी अहिले हामी भेला भएका छौं त्यो अधिकार खोसियो भने के हुन्छ? त्यो बुझ्न आवश्यक छ। अधिकारको कुरा पनि गरौं, सँगसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कश्मीर हमला’विरुद्ध जनकपुरमा प्रदर्शन, आतंकवादीको पुल्ला दहन

भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरूले विरोध प्रर्दशन गरेका छन्। विरोध स्वरुप उनीहरूले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन्। उनीहरूले पहलगाम हमलामा संलग्न आतंकवादीहरूले अपनाउने धर्म विशेषविरुद्ध मुर्दावादको नारा लगाएका थिए। र्‍याली पश्चात उनीहरूले आतंकवादीको पुत्लासमेत जलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

राजतन्त्रलक्षित गगनको टिप्पणीः लोकतन्त्रको विकल्प ‘अतिवाद’ हुन सक्दैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको अवस्था बदलिन नसक्दा आम असन्तुष्टिहरू देखा पर्नु स्वाभाविक रहेको बताएका छन्। बिहीबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै महामन्त्री थापाले लोकतान्त्रिक व्यवस्थामा पनि नागरिकको अवस्था बदलिन नसकेको स्वीकार गरेका हुन्। उनले राजतन्त्रलक्षित गर्दै लोकतन्त्रमा आम असन्तुष्टि स्वाभाविक भएपनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन नसक्ने टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकका माग संसदबाटै पूरा गर्ने प्रचण्डको दाबी, सरकार ‘असंवेदनशील’ भयो

शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसदबाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमसिसी बन्द गर्ने मस्कको निर्णय

अमेरिकी सरकारले सिधा लगानी रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा भित्रिएको सबैभन्दा ठूलो आर्थिक सहायता परियोजना हो। दशकौंसम्मको राजनीतिक विवादपछि यसलाई नेपालको संसदले नै पारित गरेर कामहरू अघि बढेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलमानको समर्थनमा लागेका उर्जाराज्यमन्त्री कान्छारामलाई ओलीको कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। उर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विवादमा राज्यमन्त्री तामाङ घिसिङको पक्षमा खुलेरै लागेका थिए। कुलमानलाई हटाएपछि राज्यमन्त्री तामाङ प्रधानमन्त्री ओली र उर्जामन्त्री खड्काको तारो बनेका थिए। खड्का र तामाङ दुवैजना नेपाली कांग्रेसका सांसद हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, बरियतामा आरजुभन्दा लगत्तै पछि

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन्। उनको सपथ भोलि साँझ ४ बजेका लागि तयारी गरिएको छ। शीतल निवासले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गरेको नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ। नवनियुक्त शिक्षान्त्री पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौं नम्बरमा राखिएको छ। उनीभन्दा अघि सतौं नम्बरमा परराष्ट्रमन्त्री डा. आरजु राणा छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालबालिकालाई ‘राजनीतिमा नलाग्न’ मुख्यमन्त्री कँडेलको सुझाव

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानै उमेरमा राजनीतिमा नलाग्न बालबालिकालाई सुझाव दिएका छन्। कर्णाली प्रदेशस्तरीय बाल सञ्जालको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कँडेलले राजनीतिबारे जानकारी लिए पनि राजनितीमा बुझेर मात्र लाग्न सुझाव दिएका हुन्।  ‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला,’ उनले भने, ‘यो उमेरकै तपाईहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाइ छ। विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन सञ्जालका पदाधिकारीलाई सुझाव दिए। मुख्यमन्त्री कँडेलले आफ्नो मात्र नभएर बिद्यालय जान नपाएका बालबालिकाहरूको पनि सवाललाई उठाउन उनीहरूलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षामन्त्री बन्दै रघुजी पन्त, भोलि सपथ

नेकपा एमालेले शिक्षामन्त्रीमा नेता रघुजी पन्तलाई अघि सारेको छ। एमालेले बुधबार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरेको बालुवाटार स्रोतले बतायो। पन्तको नाम शितल निवास पुगिसकेको स्रोतले जानकारी दियो। पन्तलाई भोलि सपथ ग्रहणको तयारी गरिएको छ। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा विधेयकमा प्रधानमन्त्रीले सहयोग नगरेको भन्दै राजीनामा दिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको टेलिफोन, आतंकवादविरुद्ध नेपालको साथ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्पर्क गर्दै पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक एक्समार्फत प्रधानमन्त्री मोदीसँग कुराकानी भएको बताएका छन्। उनले यस्ता जघन्य अपराधका विरुद्धको लडाइमा भारतलाई नेपालको साथ रहेको बताएका छन्। त्यस्तै ओलीले उक्त आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली नागरिकको ज्यान गएको घटनापछि भारतले व्यक्त गरेको समवेदनाप्रति धन्यवाद दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख सचेतकहरूसँग सभामुखको छलफलः वैशाख अन्तिमसम्म ‘शिक्षा विधेयक’ पारित गर्ने तयारी

सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए। उनले भने, ‘हामी छैठौं अधिवेशनको तयारी गर्दैछौं। वैशाख १२ गते बस्ने बैठक सबै दलका नेताहरूको शुभकामनाबाट सुरु गर्नेछौं। सकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। पहिले उल्टो अभ्यास भएको जस्तो भयो त्यसैले नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने कुरा व्यवहारिक हुने कुराले १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखेको छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारले कार्यशैली सच्याउनुपर्छ तर दुई दलबीचको सहमतिमा दायाँबायाँ हुन्नौं’

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस-एमालेबीचमा भएका सहमतिमा दायाँबायाँ नहुने बताएका छन्। पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारका केही कमीकमजोरी भएपनि त्यसलाई सच्याउँनुपर्ने तर दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए। उनले सभापति देउवाले पनि सरकारको कार्यशैली सुधार गर्नुपर्ने बताएको उल्लेख गर्दै नागरिकका भावना र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र बाजिलियन फुटबलर कार्लाेसबीच भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच भेटघाट भएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो। विश्वविजेता कार्लाेस नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन्। प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए। प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकाअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे?’ शीर्षकको समाचारविरुद्ध अवहेलना मुद्दा दर्ता

केहीदिनअघि एक अनलाइन पत्रिकाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित गरेको समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतका नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले मंगलबार ‘नेपाली पेन’ अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै अवहेलना मुद्दा दायर गरेका हुन्। उक्त मुद्दाको बुधबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाई भइसकेको छ। फैसला आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ शैक्षिक सत्र सुरुः सामुदायिक विद्यालय सुनसान, निजीमा चहलपहल

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावकको बाक्लो भीड यो वर्ष कर्णालीका सामुदायिक विद्यालयमा देखिएको छैन। कर्णालीमा नाम चलेका सामुदायिक विद्यालयहरू यतिबेला सुनसान छन्। शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधि ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन। जसको कारण विद्यार्थीको पठनपाठनमा असर पुग्ने देखिएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरू काठामाडौं केन्द्रीत आन्दोलनमा गएपछि विद्यालयका शैक्षिक गतिविधि ठप्प भएका हुन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक-कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत