मङ्गलबार, ०५ अगस्ट २०२५

कोशी प्रदेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे। उनको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जसपाले प्रधानमन्त्रीसमक्ष बुझायो ३ मन्त्रीको नाम 

अध्यक्ष राईले आज प्रदीप यादव र रञ्जु ठाकुरको नाम मन्त्रीमा र राज्यमन्त्रीमा हसिना खानकाे नाम दिएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै राई नेतृत्वको जसपाले मन्त्रीको नाम पठाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

नेपाली कांग्रेसले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्दैन: कांग्रेस

उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्रपति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफूहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन्। उनले भने, 'यो विषयमा कांग्रेसले सम्झौता गर्दैन। यो विषय अब कांग्रेसको मात्र रहेन। यो आम जनताको विषय हो। कांग्रेसले त यो विषय उठाएको मात्र हो।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुख र प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, के-के भयाे कुराकानी?

साेमबार बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री दाहालसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपरान्ह २ बजे बस्ने बताइएको थियो। तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एमालेको एकल बहुमतबिना देश बन्दैन’

आज सर्लाहीको मलङ्गवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेसका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

मधेसमा एमाले पनि बाहिरियाे सरकारबाट

आइतबार एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर पार्टी सरकारबाट बाहिरिएकाे हाे। एमालेबाट मधेसमा मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल तथा राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

बैठकमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरु सहभागी रहेका छन्। सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका नेता नवलकिशोर साह आजपामा प्रवेश

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आइतबार आयोजित एक कार्यक्रमका बीचमा डा.साहलाई पार्टीमा प्रवेश गराउँदै आजपा अध्यक्ष साहले देशको विकासका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखर कोइराला र गगन थापाबीच भेटघाट

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति, मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्छ’

उनले भने, ‘अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ। त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन। अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन। त्यसकारण देश विकासका लागि राजनीति‘सरकार छ/छ महिनामा फेरिएका छन्। त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन। त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुनेगरी सुधार आवश्यक छ’, डा भट्टराईको भनाइ थियो। क संरचना बदल्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ

आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएकाे भन्दै उनले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्नाे राख्याैँ। यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार

पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्ने भएको छ। स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ। हिजोदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले  आज पुनः बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिका सल्लाहकारले नेपालको नोटमा नेपालकै नक्सा छाप्न हुन्न भन्नु निन्दनीयः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिको निन्दनीय भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संसद अवरुद्ध थप सशक्त बनाउने काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष 

नेपाली काँग्रेसले गरिरहेको संसद अवरोध थप सशक्त बनाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उनले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा  चेतना पनि अभिवृद्धि हुनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालगञ्जका उपप्रमुख जसपा नेपालमै

जसपा नेपाल बाँकेका अध्यक्षसमेत रहेका उपप्रमुख राईद्वारा जारी विज्ञप्तिमा आफू पार्टी विभाजनको पक्षमा नजाने भन्दै पार्टीमै निरन्तर रहने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चल्दैन: कांग्रेस

सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सुरू सांसद तथा कांग्रेसका महामन्त्री गगन थापाले यस्ताे बताएका हुन्।  उनले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफूहरुको एक मात्र माग रहेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं