
बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्नसक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिँदा समस्या भएको बताएका छन्।
मंगलबार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले खराब नियत भएका मान्छेहरूका कारण काम गर्दा प्रश्न उठ्ने गरेको दाबी गरे।
उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ। कानून नभएको होइन। कानूनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ। सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ। तर यस्ता कामहरू गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ।’
उनले अगाडि प्रष्ट पार्दै भने, ‘यसमा दुईवटा कुरा छन्। एउटा भनेको नियत नै खराब हुन्छ, अर्को भनेको नियत सफा भएर कामहरू गर्दापनि प्रश्नहरू उठाउने गरिन्छ। यस्ता खाले कारणले काम गर्न समस्या भइरहेको छ।’
अलपत्र परेका पूर्वाधारका बारेमा बोल्दै उनले जुन सरकार आए पनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए। उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया