गणतन्त्रविरुद्ध ढुंगा हान्नेसँग कुम जोडेर माओवादीको राजनीतिक दृष्टिकोणमाथि नै प्रश्न खडा भयोः एमाले
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षीले राजावादीहरूसँग मिलेर लगातार सदन अवरुद्ध गरिरहेको बताएका छन्। आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन्। उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चारदिनदेखि संसद बैठक अवरुद्ध गरिरहेका छन्। प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो। प्रमुख प्रतिपक्षी दलहरूको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह खडा भइसकेको छ। बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरूसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने?’
बिएल संवाददाता - काठमाडौं