मङ्गलबार, ०५ अगस्ट २०२५

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा प्रचण्डबाहेक कसलाई देख्याछन् र…!

फाटाफट हिँडिरहेका प्रचण्डले अलिपर पुगेपछि एकैछिन रोकिंदै जवाफ दिए ‘नेपालमा प्रचण्डबाहेक अरु कसलाई देखेका छन् र?पत्रकारले फेरि उनलाई ‘यसमा तपाईंको भूमिका छैन…?’ भनेर सोधेका थिए त्यसपछि तर्किंदै हिँडिरहेका प्रचण्डले अलि टाढैबाट भने ‘…छैन…।’  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाकाे निर्णय

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुकाे छलफल जारी

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट फर्किनासथ उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्ड

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।  यादवले पार्टी विभाजनपछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेकाे बताइएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अशोक राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन्। सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपा संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ। आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गण्डकीमा थपिए दुई मन्त्री

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वनको डढेलोबाट खबरबारीकाे खर जोगाउँदा जाेगाउँदै जलेर आमा–छोराकाे मृत्यु

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा वनको डढेलोले भेट्दा आमाछोराको मृत्यु भएको छ। आज सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आफूलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरू एमालेमै आउनुहोस्: केपी ओली

अध्यक्ष ओलीले एमालेको वैचारिक रुपमा स्पष्टता, साङ्गठनिक रुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ। आत्मकेन्द्रित होइन। देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अशोक राई नेतृत्वकाे नयाँ दललाई निर्वाचन आयोगले दियाे मान्यता

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएकाे छ। राईसहित जसपाका ७ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। आयोगले साेमबार आयोगले दल दर्ता गर्ने निर्णय हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी एकताबद्ध छौँ: नेकपा एस

नेकपा (एकीकृत समाजवादी) ले पार्टीले आफूहरु एकाताबद्ध रहेको बताएको छ। सोमबार संसद भवनमा बसेको संसदीय दलको बैठकले पार्टी फुटको हल्ला गलत रहेको निष्कर्ष निकाल्दै एकताबद्ध रहेको प्रतिबद्धता ब्यक्त गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमाले फर्किने चाहना हुँदा हुँदै ‘मेसाे’ नमिलेर छटपटिएकाे वामदेव गाैतमकाे दुखेसाे

नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिनादेखि कुरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जसपा नेपालले भन्यो– बहुमत सदस्य हामीसँगै छन्, पार्टी फुटेको छैन

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीका बहुमत केन्द्री सदस्य आफूसँग रहेको र पार्टी विभाजन नभएको बताएको छ। जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै जसपा विभाजन हुने कुनै आधार नरहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जना मनोनयन

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जना मनोनित भएका छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवाले १० जनलाई सदस्यमा मनोनित गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एकीकृत समाजवादीकाे संसदीय दलको बैठक जारी  

उनले भने, ‘अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ। बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यमन्त्री कार्की उपेन्द्र यादवकै पक्षमा, भने- कुनै गुटसँग आबद्धता छैन

‘माननीय राज्यमन्त्री दिपक कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागी अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ: रमेश लेखक

‘नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ’, उनले भने, ‘जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन।’ कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर