बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहलक्षित अपमानजनक टिप्पणी गरेको भन्दै कांग्रेसभित्र वर्तमान गठबन्धनको विकल्प खोज्न दवाब बढ्न थालेको छ।
शनिबार काठमाडौंमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको र त्यो आज सान्दर्भिक नभएको टिप्पणी गरेका थिए। त्यस्तै उनले ‘पृथ्वीपथ’ सिद्धान्तप्रति पनि कटाक्ष गरेका थिए।
‘आज त राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरूरी छ। त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो,’ ओलीले भनेका थिए, ‘अहिले आएर यतिबेला पृथ्वीपथ रे? पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि। अढाइ सय वर्ष अघिको कुरा ल्याएर देशको विकास? देशलाई एकतावद्ध बनाउनु छ। पृथ्वीपथले एकतावद्ध? मारकाट गरेर एकताबद्ध गर्ने?’
ओलीको उक्त अभिव्यक्तिप्रति कांग्रेस नेता शंकर भण्डारीले पृथ्वीनारायण शाहको अपमान गर्ने ओलीलाई कांग्रेसले काँथ थाप्न नसक्ने चेतावनी दिएका छन्।
उनले भनेका छन्, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई काङ्ग्रेसले काँध थापिरहन सक्दैन। यस विषयमा पार्टीले गम्भीर भएर साेच्नु पर्ने समय आईसकेकाे छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया