
बिएल संवाददाता
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन्।
‘निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघ-संगठन खुल्ने स्थिति थिएनन्। अहिले तपाईंहरू पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौं। राजतन्त्र पक्षधरहरूले विरोध प्रदर्शन गरे। उनीहरूलाई जनमत संग्रह भएको लाग्यो रे। तर पहिलो दिन दान पैसा दिएर केही मान्छे ल्याइए। दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए। मेरो नातिले जिस्किएर ‘म डाइनोसर भएँ’ भन्दै हा… गरेर ‘डर लागेन?’ भनेर खेलेको याद आयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ। अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो। अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज। घोडाले लात्ताले हान्न सक्छ, होस् गर।’
‘प्रधानमन्त्रीलाई लखेट्छौं भनेको शान्तिपूर्ण त होला?’ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो? अहिले हामी कहाँ पुगेका छौं भन्ने बुझ्न आग्रह गरे।
उनले भने, ‘दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो। त्यसले झन निरङ्कुशता लाद्यो। जनताको अधिकार खोज्यो। विकास गरेन। देश लुटेर, संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्यो। अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो। यस्ताहरूले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ। यस्ता कुराहरूसँग हामी सचेत हुनुपर्छ। यो जनताको सामाजिक उत्तरदायित्व हो। आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ। प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेछौं तर प्रतिगमन अब सम्भव छैन।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया