बिएल संवाददाता
राप्रपाको आयोजनामा भइरहेको राजावादीहरूको आन्दोलन बालुवाटारतर्फ लागेको छ।
आन्दोलनको तेस्रो दिन शान्तिबाटिकामा भेला भएका राजावादीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ सोझिएका हुन्।
आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शनको तयारी रहेपनि हिजो नै काठमाडौं प्रशासनले नारायणहिटी क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि राजावादीहरू प्रधानमन्त्री निवासतर्फ सोझिएका हुन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राप्रपा लगायतका शक्तिहरूको प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको स्पष्ट देखिएको बताए। उनले निषेधित क्षेत्र तोकेर सरकार कमजोर भयो भन्ने कुराको प्रमाणित गरेको समेत बताए।
उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरू त्यहाँ प्रदर्शन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको र सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो। हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। निषेधित क्षेत्र तोक्यो भनेर दुःखी हुनुभन्दा पनि हामीलाई यसले उत्साहित तुल्याएको छ।’
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया