बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा राजावादी आन्दोलन तेस्रो दिन पनि जारी रह्यो।
तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरू प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे।
राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरूले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन्। त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन्।
आन्दोलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले एक फोनको भरमा प्रतिवादीलाई छुटकारा दिएको आरोप लगाए।
उनले २७ जनाविरुद्द जिल्ला अदालतमा दोषी ठहराई १४ बर्ष जेल तोक्दा उच्चबाट माफी कसरी पाए? भन्दै प्रश्न गरे। उनले गृहमन्त्री मानव तस्करमा फसेको आरोप लगाए भने मोहम्मद आफताब आलमलाई ‘प्रधानमन्त्री बनाउनु’ भन्दै व्यंग्य गरे।
उनले १६७ वटा कारखाना बेचेर खाएका गणतन्त्रवादीले गणतन्त्रको नाममा देशद्रोहीहरूलाई बचाइ रहेको आरोप पनि लगाए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया