बिएल संवाददाता
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गरेका छन्।
अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनीका ४० प्रतिशत र ३० वर्ष मुनीका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गरेका हुन्।
उनले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रुपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिए।
अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुकभन्दा अग्रमागीरुपमा आफूलाई उभ्याएको स्पष्ट गरे।
उनले मिसन २०८४ को अभियानमा जुट्न आव्हान गर्दै एमालेलाई एकल बहुमतको पार्टीका रुपमा स्थापित गरी इतिहास काम गरेर मुलुकको विकास, सुशासन र समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने बताए।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया