बिहिबार, ०६ नोभेम्बर २०२५

याे वर्ष प्रधानमन्त्री बन्छु जस्ताे लाग्दैन: ओली

साेमबार संसद भवनमा पत्रकारहरुसँगकाे कुराकानीमा ओलीले याे वर्ष प्रधानमन्त्री बन्ने सम्भावना नरहेकाे बताएका हुन्। ‘तपाईं प्रधानमन्त्री हुँदै हुनुहुन्छ रे, कहिले लिनुहुन्छ सथप?’ भन्नेमा ओलीले भने, ‘याे वर्ष प्रधानमन्त्री हुन्छ जस्ताे लाग्दैन मलाई।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली प्रधानमन्त्री बन्ने हल्लाबीच एमाले प्रवेश गरे काँग्रेस नेता जितेन्द्रनारायण

पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा भित्र्याएका हुन्। पछिल्ला समय काँग्रेसले केपी ओलीलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेकाे चर्चा छ। ओली प्रधानमन्त्री बन्ने हल्लाबीच देव एमाले प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भुटानी शरणार्थी प्रकरणकाे फाइल खुल्न थालेपछि काँग्रेस आत्तिएकाे हाे, सत्ता समीकरणमा समस्या छैन’

पछिल्लाे समय नक्कली भुटानी शरणार्थी प्रकरणकाे नयाँ ढङ्गले फाइल खुल्दैछ, त्यसले एउटा तरङ्ग फैदा गरेकाे हाे। त्यसमा काँग्रेस आत्तिएकाे देखिन्छ। याे भनेकाे वस्तुगत परिस्थितिले पैदा गरेकाे तरङ्ग हाे। त्यसलाई उचित व्यवस्थापन गरिन्छ। सत्ता समीकरणकाे विषयमा यसले कुनै प्रभाव पार्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्छ: राजेन्द्र राई

पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भइनसकेको दाबी गरेका छन्। त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन्। आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा प्रचण्ड र ओलीकाे ४ घण्टा बसाइ, के भयाे कुराकानी?

सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टाभन्दा बढी समय बिताएर बाहिर निस्किएका छन्। प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारेमा छलफल भएको बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा माओवादी सांसदले भने- दुईजना नेता भेट्दैमा सत्ता फेरिँदैन (भिडियाे)

साेमबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सांसद सापकोटाले सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुँदाबित्तिकै सत्ताकाे समीकरण नै नबदलिने बताएका हुन्। राजनीतिक दलहरूका बीचमा संवाद हुने कुरा सकारात्मक भएकाे उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एसकाे महाधिवेशन: झलनाथको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन

यसैगरी पार्टीले केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी ठगन गरेकाे छ। एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गर्ने निर्णयसमेत गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रञ्जिता श्रेष्ठलाई नाउपा संसदीय दलकाे नेताबाट हटाइयाे

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदहरुले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलकाे नेताबाट हटाएका छन्। आइतबार बसेकाे दलकाे बैठकले अध्यक्ष श्रेष्ठलाई दलकाे नेताबाट हटाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (साेमबार) बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीकाे महाधिवेशनमा केपी ओलीकाे खाेजी

ओलीकाे खाेजीपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रष्टीकरण दिनुपर्याे। उनले ओलीलाई दुई पटक फाेन गरेकाे साथै ओलीका स्वकीय सचिवलाई फाेन गर्दा पनि नउठेकाे जानकारी गराए। 'मैले दुई पटक ओलीजीलाई फाेन गरेँ। उहाँका एकपछि अर्काे पिएलाई पनि गरेँ तर लागेन', उनले भने, 'कि फाेन बिग्रिएकाे छ।' नेपालले यति भन्दा हलमा हाँसाे गुन्जिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाम्राे पार्टीमा प्रवेश गर्नेकाे लाम छ: माभव नेपाल

पार्टीमा नेता, कार्यक्रताकाे कमी नरहेकाे उनले बताए। 'म देख्छु जिल्ला जिल्लामा हाम्राे पार्टीमा प्रवेश गर्नेकाे लहर छ', उनले भने।  पार्टी फुटाएकाे औचित्य पुष्टि भएकाे भन्दै उनले निरास नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले अस्थिर भनेपछि प्रचण्डले दुखाए चित्त

नेकपा एसले प्रचण्ड अस्थिर रहेकाे पार्टी प्रतिवेदनमा उल्लेख गरेकाे छ। जसकाे खण्डन गर्दै प्रचण्डले आफू अस्थिर नभएकाे भए आजकाे याे व्यवस्था नआउने बताए। ‘...मलाई अस्थिर भनिएकाे रहेछ। तर आज प्रचण्ड अस्तिर नभएकाे भए जनयुद्ध हुने थिएन। शान्ति सम्झाैता हुने थिएन र आजकाे संघीय लाेकतन्त्र आउने थिएन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक विकासका लागि सबै दल एक ठाउँमा आउनुपर्छ: गृहमन्त्री लामिछाने

उनले शिर्ष नेताहरुबीच जनताको चाहनाअनुसारको काम गर्न एक ठाउँमा आउन नसकेको बताए। लामिछानेले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आएजस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाले बोलाए पदाधिकारी बैठक, यस्ताे छ एजेण्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बस्नेगरी बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कम्युनिष्टहरू एक हुन आवश्यक भइसकेकाे छ: विप्लव

देशमाथि बाहिरी शक्तिले आँखा गाडेकाे भन्दै त्यसलाई परास्त गर्न पनि कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेकाे विप्लवकाे भनाइ छ। नेपाल प्रकृति, संस्कृतिले सुन्दर रहेकाे भन्दै उनले यही सुन्दरतालाई सक्ने गरी बाहिरी शक्ति लागि परेकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालको पार्टीको महाधिवेशनमा प्रचण्डदेखि रञ्जितासम्म सहभागी, गएनन् ओली

महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगाय नेताहरु सहभागी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सह–महामन्त्रीको चिन्ताः आचारसंहिताको उल्लंघनले पार्टीभित्र ठूलो क्षति हुनसक्छ

उनले महामन्त्री ढकाललाई ‘राजनीति’ भन्ने शब्द विश्वासमा अडिएको पनि पाठ पढाएका छन्। सभापति रवि लामिछानेलाई आफूले तयार पारेको ‘विश्लेषण प्रतिवेदन’ सुम्पिएपछि मास–मिडियामा महामन्त्रीले देखाइरहेको रबैयालाई आचारसंहिता उल्लंघन गरेको बुर्लाकोटीको ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमा भागबन्डा मिलाउन फुटाइयाे मन्त्रालय, कसले कुन मन्त्रालय पाए?

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन ४ वटा मन्त्रालय फुटाएका हुन्। उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीहरूलाई जिम्मेवारी ताेकेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी ओलीलाई हाम्रो पार्टीको उद्घाटन समारोहमा बोलाएका छैनौँ’

आइतबारदेखि काठमाडौँमा सुरु हुन लागेको नेकपा (एस)को दशौँ महाधिवेशनको उद्घाटन समारोहमा ‘ओली नजाने’ चर्चा भइरहेका बेला सांसदसमेत रहेका चौधरीले एमालेलाई औपचारिकताका लागि मात्रै पत्र पठाएको बताएका छन्। ‘संविधान च्यात्ने, संसद भंग गर्ने, लोकतन्त्रको हत्या गर्ने, दम्भ र अहंकार भरिएको पात्रलाई हाम्रो महाधिवेशनको उद्घाटन सत्रमा बोलाएका छैनौँ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं