बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन्।
बिहीबार काठमाडौंमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले यो जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको भन्दै जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको पनि प्रमाणित भएको बताए।
उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो। भर्खर प्रारम्भ मात्र भएको छ। गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ। यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ। जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन्। आज यो पनि प्रमाणित भएको छ।’
सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेताहरूले जनतालाई शोषण गरेर ५-१० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेको अवस्थामा नेपाली जनता भने भोकभोकै बस्नु परेको बताए।
उनले भने, ‘सारा नेपाली जनताले देखेका छन् यी सिमित केही नेताहरूले जनतालाई शोषण गरेर सम्पत्ति कमाएका छन् र आफ्ना परिवारका सदस्यहरू ५, १० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेका छन्। नेपाली जनता भने भोकभोकै बसिरहेका छन्।’
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया