
बिएल संवाददाता
जेठ १५ गते गणतन्त्र दिवसका दिन सरकारमा रहेको एमाले र व्यवस्था विरोधी राजावादी समूहको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ।
दुवै समूहले भोलिको कार्यक्रम रत्नपार्क केन्द्रीत गर्दैछन्। जसका लागि राजावादी समूहलाई दिउँसो साढे २ बजेपछि मात्रै रत्नपार्क प्रवेश अनुमति दिइने भएको छ। त्यसअघि एमालेले कार्यक्रम सकिसक्नु पर्नेछ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार। काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको हो।
सरकारले सैनिक मञ्च, टुँडिखेलमा गणतन्त्र दिवस कार्यक्रम १२ बजेभित्र सकिसक्ने गरी तालिका बनाइएको छ। त्यसपछि एमालेले भृकुटीमण्डपमा गणतन्त्रको उत्सव मनाउने छ।
एमालेले दुई बजेसम्म कार्यक्रम सकिसक्नेछ। त्यसपछि राजावादीहरूले प्रवेश पाउने छन्। निर्धारित समयमा तलमाथि सुरक्षा समितिले निर्णय गरेको प्रहरीले जनाएको छ। समय अवावै कोही प्रदर्शनस्थलमा प्रवेश गर्न खोजे पक्राउ गरिने प्रहरीले जनाएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया