बिएल संवाददाता
जेठ १५ गते गणतन्त्र दिवसका दिन सरकारमा रहेको एमाले र व्यवस्था विरोधी राजावादी समूहको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ।
दुवै समूहले भोलिको कार्यक्रम रत्नपार्क केन्द्रीत गर्दैछन्। जसका लागि राजावादी समूहलाई दिउँसो साढे २ बजेपछि मात्रै रत्नपार्क प्रवेश अनुमति दिइने भएको छ। त्यसअघि एमालेले कार्यक्रम सकिसक्नु पर्नेछ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार। काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको हो।
सरकारले सैनिक मञ्च, टुँडिखेलमा गणतन्त्र दिवस कार्यक्रम १२ बजेभित्र सकिसक्ने गरी तालिका बनाइएको छ। त्यसपछि एमालेले भृकुटीमण्डपमा गणतन्त्रको उत्सव मनाउने छ।
एमालेले दुई बजेसम्म कार्यक्रम सकिसक्नेछ। त्यसपछि राजावादीहरूले प्रवेश पाउने छन्। निर्धारित समयमा तलमाथि सुरक्षा समितिले निर्णय गरेको प्रहरीले जनाएको छ। समय अवावै कोही प्रदर्शनस्थलमा प्रवेश गर्न खोजे पक्राउ गरिने प्रहरीले जनाएको छ।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया