‘अभियान सम्मेलन २०२५’ अर्को साता काठमाडौंमा
जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित ‘अभियान सम्मेलन २०२५’ आगामी ५-६ मेमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ। सम्मेलन एक्सनएड इन्टरनेशनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपालको आयोजना र सञ्चारिका समूहको सहकार्यमा हुन लागेको हो। दुई दिने राष्ट्रियस्तरको कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव झेलिरहेका समुदायहरू तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको वास्तविक अवस्था उजागर गर्नुका साथै समाधान खोज्न विविध सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
बिएल संवाददाता - काठमाडौं