बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमामा संलग्नहरूलाई श्रद्धाञ्जली दिएकी छन्।
शनिबार उनले सामाजिक सञ्जालमार्फत यो भिजिट भिसा प्रकरण मात्र नभएर मानव तस्करी भएको बताइन्। उनले आफ्नै नागरिकहरूलाई मूल्य तोकेर बेच्ने र किन्ने विदेशीहरूलाई एकमुष्ट श्रद्धाञ्जली दिएकी हुन्।
उनले भनेकी छन्, ‘यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो! आफ्नै छोराछोरीहरूलाई अनजान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईंहरू सम्पूर्णमा- हार्दिक श्रद्धाञ्जली- तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला!’
त्यस्तै यो प्रकरण माथिको आदेशबिना सम्भव नभएको अनुसन्धान अधिकृतको भनाइ रहेको बताउँदै उनले ‘सहसचिवलाई माथिको आशिर्वाद कस-कसको हो?’ भन्दै प्रश्न गरेकी छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया