बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालिन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुङ्गो लगाउनुपर्ने बताए।
उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै सम्पन्न हुन सकेको छैन। हामीले केही महिना र वर्षभित्र सम्पन्न गर्ने भनेको कुरा १९ वर्षसम्म पूरा हुँदा द्वन्द्व पीडित परिवारको अवस्था के भएको होला? १९ वर्षसम्म यस्तो कुारालाई यसरी थाती राख्न मिल्छ? हामी सबै आत्मालोचक बन्नुपर्छ र यो विषयलाई टुङ्गो लगाउनुपर्छ।’
यस्तै, उनले शान्ति सम्झौताको बेला बेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भनिएपनि आजसम्म त्यो पूरा नभएको बताए।
उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग जसलाई हामीले शान्ति सम्झौताको अभिन्न अंगको रुपमा मानेका थियौं। शान्ति सम्झौताको बेला वेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भन्ने कुरा प्रष्ट लेखिएको छ। साथै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर यो विषयलाई टुङ्गो लगाउने, सत्यको छानबिन गर्ने, मानव अधिकारको प्रत्याभूति गरेर दिगो शान्तिको प्रत्याभूति गर्ने भन्ने विषयमा दुई पक्ष मिलेर अगाडि बढ्ने भन्ने कुरा थियो तर त्यो बेला संसद थिएन।’
उनले आफू प्रधानमन्त्री हुँदा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगका कामहरू सम्पन्न गर्ने भनेर लागेको पनि जिकिर गरे।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया