‘पेस्तोल पड्काउँदै छमछमी’ नाचेको भिडियो भाइरल भएपछि प्रहरीको ‘राडार’मा जसपा नेतृ
जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ। बुधबार सामाजिक सञ्जालमा नेतृ यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो बाहिरिएको थियो। भिडियो भाइरल भएपछि यादवले भने खेलौना पेस्तोल भएको बताएकी छन्। भिडियोमा उनीसँगै अन्य मानिसहरू पनि धुमधाम नाचिरहेका देखिन्छन्। पेस्तोल हल्लाउँदै देखिएकी उनले आकाशतिर पेस्तोल फर्काउँदै फायर खोल्छिन्। गोली पड्किएपछि धुवाँ उडेको र आँखा पोलेर आँखा मिच्दै गरेको देखिन्छ। यत्तिकैमा एक युवकले उनको हातबाट पेस्तोल लिन्छन्। फुक्दै चिस्याउने प्रयास गर्छन्।
बिएल संवाददाता - काठमाडौं